काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अष्ट्रेलियासँग खेल्नुअघि आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले भोलि हुने अष्ट्रेलियासँगको म्याचमा नेपाली टिम सुखत नतिजाका लागि मैदान उत्रिने बताए ।

प्रशिक्षक अल्मुताइरीले नेपाली फुबटलमा अब नयाँ परिवर्तन देख्न पाइनेसमेत दोहोर्‍याए ।

उनले विगतमा जोगिनका लागि खेलिरहेको अब नेपाली टिमले विपक्षीलाई चुनौती दिँदै राम्रो नतिजाका लागि खेल्ने बताए ।

‘५० वर्षको अवधिमा नेपालले पछाडि बसेर खेलिरहेकोमा अब विपक्षीको पोष्टमा पनि खेल्न सुरु गर्नेछ,’ प्रशिक्षक अल्मुताइरीले भने, ‘नेपाली खेलाडीले खेल्ने फुबटलमा परिवर्तनका संकेत देखिन थालिसकेका छन् । नेपाली समर्थकलाई सकारात्मक नतिजा दिन टिमले राम्रो प्रदर्शन गर्नेमा आशावादी छौँ ।’

प्रशिक्षक अल्मुताइरीले अष्ट्रेलियासँगको खेलमा केही खेलाडीले डेब्यू गर्ने सम्भावना पनि रहेको संकेत गरेका छन् । अष्ट्रेलिया जस्तो बलियो टोलीविरुद्ध डेब्यू गर्ने सम्भावना कम भए पनि यस्तै टोलीविरुद्ध डेब्यू गर्नेपर्नेमा उनको जोड छ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले भालि अष्ट्रेलियाको सामना गर्नेछ ।

अष्ट्रेलिया र नेपालबीचको खेल राति ९ः४५ बजेदेखि कुवेतमा सुरु हुनेछ । पहिलो लेगमा अष्ट्रेलियाविरुद्ध नेपाल ५-० गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय