काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली खेलाडीले पाउने भत्ता रकम निर्धारण गरेको छ ।

क्यानले नयाँ आर्थिक कार्यविधिमा खेलाडीलाई दिइने म्याच फिमा परिवर्तन गरिएको हो ।

दुई दशक अर्थात् २० वर्षपछि कार्यविधि परिमार्जन गरिएको हो । यसअघि क्यानले अन्तर्राष्ट्रिय टी २० खेल्दा पाँच हजार भत्ता दिँदै आएको थियो । अब भने क्यानले एकदिवसिय प्रतियोगिता खेल्दा १० हजार रुपैयाँ भत्ता दिने भएको छ । त्यस्तै, टी २० खेल्दा खेलाडीले पाँच हजार म्याच फी प्राप्त गर्नेछन् ।

महिला खेलाडीले वानडेमा पाँच हजार र टी-२० मा तीन हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय