नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा मृत अवस्थामा एक बाघ भेटिएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ स्थित कात्तिके सामुदायिक बन क्षेत्रमा मृत बाघ फेला पारेको स्थानिय विजय तामाङलृ जानकारी दिए ।

बाघ वनमा मृत अवस्थामा भेर्टिएपछि स्थायिनवासीले प्रहरीलाई खबर गरेका थिए । स्थानियले प्रहरीलाई खबर गरे लगतै प्रहरी घटनास्थल पुगेको दानसिंह प्रहरी चौकीले जानकारी दिएको छ ।

स्थानियले प्रहरीको रोहवरमा मृत अवस्थामा भेटिएको बाघलाई बन डिभिजन कार्यालय रातमाटेलाई हस्तान्तरण गरेका छन् ।

बाघको मृतको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय