जेठ २५, अखबारपाटी ।

कोरोना भाइरस संक्रमणबाट मुक्त भइसकेकाहरुमा पनि विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् । चिकित्सकहरुका अनुसार विशेषगरि कोरोनामुक्त भएको ४ हप्तापछि स्वास्थ्यमा केही समस्या देखिए वा लक्षण देखिए त्यसलाई पोष्ट कोभिड भएको बुझ्नुपर्छ ।

पछिल्लो समय कोभिड मुक्त भइसके पछि पनि स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखी बिरामी हुने क्रम बढेसँगै आम मानिसमा चिन्ता बढेको छ ।

कोभिडपछि देखिने स्वास्थ्यसमस्यालाई वेवास्ता गर्दा कतिपय अवस्थामा बिरामीमो मृत्युसमेत हुनसक्ने चिकित्सकहरुको भनाई छ । यस्तो अवस्थामा तुरुन्त स्वास्थ्य संस्था पुगि हाल्नपर्ने उनीहरु बताउछन् ।

कस्ता लक्षण देखिन्छन् त पोष्ट कोभिडमा ?

सामान्यतया पोष्ट कोभिड भएमा थोरै समय हिँड्दा नै स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने, धेरै नै थकाई लाग्ने र कमजोरी महसुस हुने, एकाएक रक्तचाप बढ्ने वा घट्ने, निद्रा नलाग्ने, झर्को लाग्नेजस्ता लक्षणहरु देखा पर्न सक्छ । यस्तो बेला स्वास्थ्यकर्मीको परामर्श लिइ उपचारका लागि अस्पताल जानुपर्दछ ।

सामान्यतया कोभिड संक्रमणबाट मुक्त भइसकेका अधिकांशको अनुभव पोष्ट कोभिड सँग मिल्ने किसिमको हुने बताउँछन् । तर, यी सवै समस्याहरु निरन्तर भइरहनु वा बढ्दै जानु ठिक संकेत नहुने बताइन्छ ।

यस्तो अवस्थामा संक्रमण मुक्तहरुले कोभिड ठिक भइसक्यो भन्दै आफ्नो शरिरको ख्याल नराखे ज्यानै जाने भएका कारण समयमै चिकित्सकहरुसँग परामर्श गर्न सरकारले समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय