काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले आज मंगलबार जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएको हो । यसमध्ये १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला भएको छ । बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंकले ६ वर्ष अवधि भएको आरबीबीएल डिबेन्चर २०८३ जारी गरेको हो । यसमा वार्षिक ८.५% ब्याजदर दिइने बैंकले जानकारी दिएको छ । यस ऋणपत्रमा जेठ २८ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै ऋणपत्र बिक्री नभएमा असार ८ गतेसम्म बिक्री खुला हुनेछ यसमा बिक्री प्रवन्धकको काम एनआइबीएल एस क्यापिटले गरेको छ ।

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई कियर रेटिङ नेपालले पर्याप्त मात्रमा सुरक्षित जनाउने इक्रा एनपी सिंगल ए प्लस रेटिङ प्रदान गरेको छ । न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय