अखबार पाटी सम्बाददाता । भारतको महाराष्ट्र राज्यस्थित पुणे शहरको एक केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । उक्त आगलागीमा परी कम्तीमा १८ मजदुरको मृत्यु भएको जनाइएको छ ।

स्थानीय समयअनुसार सोमबार साँझ करिब ४ बजे उक्त फ्याक्ट्रीमा आगलागी भएको हो । बीबीसीका अनुसार आगलागी हुँदा फ्याक्ट्रीमा ३७ जना मजदुर काम गरिरहेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आगलागीमा ज्यान गुमाएकाहरूको परिवारका लागि दुई लाख रुपैयाँ र घाइतेको उपचारका लागि ५० हजार दिने घोषणा गरेका छन् ।

यो फ्याक्ट्री पुणेस्थित घोटाबडे फाटा क्षेत्रमा छ । फायर ब्रिगेड विभागका अनुसार केही मजदुरहरू अझै पनि बेपत्ता छन् र उनीहरूको खोजी कार्य जारी छ ।

आगलागीको कारण हालसम्म पत्ता लागेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय