काठमाडौं । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गरेको छ।

सोमबार राति कुवेत सिटीमा भएको खेलमा नेपालमाथि जोर्डनले ३-० गोलको जित निकालेको हो।जोर्डनको जितमा फैसनले दुई गोल गरे। उनले खेलको २३ पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। त्यसअघि रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि पेनाल्टी दिइएको थियो।उनले खेलको ४८ मिनेटमा टिमको अग्रता दोब्बर पारे। उनले हानेको फ्रिकिक सिधैं जाली चुमेको थियो। जोर्डनका लागि तेस्रो गोल अबोउ अल अरबले गरे। उनले खेलको ६७ मिनेटमा गोल गरेका थिए। खेलको अन्त्यतिर नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

समूह ‘बी’ ६ अंक जोडेर चौथो स्थानमा रहेको नेपालले अब अन्तिम खेल खेल्न बाँकी छ। नेपालले समूहको आफ्नो अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ। सोमबार जोर्डनसँगै पराजित भएसँगै नेपाल एसियन कपको तेस्रो चरणमा सिधैं पुग्ने सम्भावना लगभग सकिएको छ। यद्यपी नेपाललाई प्लेअफबाट तेस्रो चरणमा पुग्ने अवसर भने बाँकी छ।

नेपालविरुद्ध जित हात पारेसँगै जोर्डन १३ अंक जोडेर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको अस्ट्रेलियाको १५ अंक छ।कुवेत १० अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको नेपालको ६ अंक छ। पुछारको चाइनिज ताइपेईले भने अंक जोड्न सकेको छैन।

नेपाल हार्नुका कारण

पेनाल्टी दिनु : पहिलो हाफमा नेपालले जोर्डनलाई पेनाल्टी दिन पुग्यो । खेलको २३औँ मिनेटमा रोहित चन्दको गल्तीका कारण जोर्डनले पेनाल्टी पायो ।

पेनाल्टीमा जोर्डनका वहाब फैजलले गोल गरे । उनकै गोलले पहिलो हाफमा जोर्डनले १-० को अग्रता बनायो । पेनाल्टी दिनु पनि नेपाल हारको मुख्य कारण बन्न पुग्यो ।

गर्मी हुनु : नेपाल हारको कारण कुवेतको मौसम अनुकूल नहुनु पनि हो । असाध्यै गर्मीमा नेपाली खेलाडीलाई फुबटल खेल्न निकै चुनाती भयो ।
४० डीग्री सेल्सियसको तापक्रममा भएको खेलमा गर्मीको प्रभाव पनि पर्‍यो । केही दिनअघि नेपाली टिमका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले पनि खेलमा चुनौती गर्मी पनि रहेको बताएका थिए ।

सही पासको अभाव : अघिल्लो खेलमा चाइनिज ताइपेईविरुद्ध उत्कृष्ट खेल्दै जित हासिल गरेको नेपाली खेलाडीले आज भने सोही लय कायम राख्न सकेनन् ।
नेपाली खेलाडीले बललाई पर्याप्त समयसम्म नियन्त्रणमा राख्न सफल भएनन् ।

आफ्ना सहपाटीलाई सही पास नदिँदा नेपालले पाएका केही अवसर सदुपयोग गर्न सकेन । साथै, जोर्डनविरुद्ध नेपाली खेलाडीमा आत्मविश्वासको केही कमी महसुसको अनुभूति पनि गर्न सकियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय