जेठ २४, काठमाडौं । नेकपा एमालेको नेपाल खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सारेको एकता प्रस्ताव अस्वीकार गरेको छ।

विद्रोहअी पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले प्रम ओलीले अघि सारेको ६ बुँदे एकता प्रस्ताव पार्टी एकताको पक्षमा नभएको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।

ओलीले फेरि पनि जालझेलपूर्ण कुरा गरेकाले उनको प्रस्ताव नमान्ने निर्णय बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले बताए।

बैठकमा ओलीले सार्वजनिकरुपमा अघि सारेको प्रस्तावबारे समिक्षा पछि हामीले उक्त प्रस्ताव पार्टी एकताको पक्षमा नभएको र जालझेलपूर्ण तरिकाले अघि सारेका कारण आफूहरु त्यसमा नफस्ने निर्णय गरेको उनले बताएका छन् । असन्तुष्ट पक्षको निष्कर्ष औपचारिक रुपमा आउन बाँकी छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय