काठमाडौं । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत आज नेपाल र जोर्डन खेल्दैछन् ।

यी दुई टोलीबीचको म्याच नेपाली समयअनुसार कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा राति ९ः४५ बजेदेखि कुवेतमा सुरु हुनेछ । यसअघि अवे खेलमा नेपालविरुद्ध ३-० ले विजयी भएको थियो । आफ्नै मैदानमा जोर्डनले नेपाललाई सो गोल अन्तरले हराएको हो ।नेपाल रहेको समूह ‘बी’ को तालिकामा १५ अंकका साथ अष्ट्रेलिया शीर्ष स्थानमा छ । त्यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुवेत र जोर्डन छन् । यी दुवै टिमको समान १० अंक छ । नेपाल ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । चाइनिज ताइपेई भने अंकविहीन छ । जोर्डन फिफा वरियतामा नेपालभन्दा धेरै अगाडि छ । १७१औँ स्थानमा हुँदा जोर्डन भने ९५औँ स्थानमा छ ।

जोर्डनसँग हेड टु हेड

जोर्डनसँग नेपालले हालसम्म ३ म्याच खेलेको छ । जसमा दुई खेल जोर्डनले जित्दा एक खेल बराबरीमा सकिएको थियो ।

सन् २०१४ को विश्वकप छनोट अन्तर्गत २०११ मा भएको दुई लेगको खेलमा एक खेल जोर्डनले जित्दा अर्को खेल बराबरीमा सकिएको थियो । २०११ जुलाई २३ मा जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९-० ले पराजित भएको थियो । तर, त्यसको पाँच दिनपछि भरत खवासको गोलमा दशरथ रंगशालमा नेपालले जोर्डनसँग १-१ को बराबरी खेलेको थियो । त्यो दुवै खेलमा पूरै समय खेलेका गोलकिपर किरण चेमजोङ मात्र अहिले नेपाली टिममा छन् । २०२२ को विश्वकप छनोटअन्तर्गत जोर्डनको मानमा भएको खेलमा नेपाल ३-० ले पराजित भएको थियो । त्यो खेलमा नेपाली टिममा रहेका ११ खेलाडी अहिले पनि नेपाली टिममा छन् ।

नेपालको सम्भावित प्लेइङ-११ : किरण चेम्जोङ (गोलकीपर/कप्तान), अनन्त तमाङ, अञ्जन विष्ट, गौतम श्रेष्ठ, रोहित चन्द, नवयुग श्रेष्ठ, मनिष डाँगी सुमन अर्याल, पूजन उपरकोटी, सुमन लामा र सन्तोष तामाङ ।

नेपालको पूर्ण टिम

गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल

मिडफिल्डर : मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी

फरवार्ड : अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय