२२ जेठ,काठमाडौँ

नेकपा (एमाले) झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई अपिल गरेको छ । केही दिनदेखि जारी ‘भर्चुअल’ संवादपछि बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठकमा माधवकुमार नेपालले ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकोले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकताबद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन नेता, कार्यकर्ता र सदस्यहरुमा आह्वान गरेका छन्।

पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र निर्णयअनुरुप सिंगो पार्टी एकताबद्ध र प्रभावकारीरुपमा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको तर प्रधानमन्त्री केपी ओलीबाट दक्षिणपन्थी विसर्जनवादी चिन्तन र व्यवहारका कारण सम्भव नभएको नेपाल पक्षको बुझाइ छ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आफूले गरेको हस्ताक्षर कायम रहने बताइएको छ। ‘नेपालको संविधान, लोकतन्त्र र प्रतिनिधि सभाको रक्षाका लागि सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिने प्रायोजित हल्ला निराधार हो,’ नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

ओलीले वाह्य शक्तिका सामु लम्पसार पर्दै संविधान, लोकतन्त्र र संसदमाथि दुई पटक आक्रमण गरिएको विज्ञप्तिमा उल्लेख छ।

स्थायी कमिटी बैठकबाट पारित प्रस्ताव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय