काठमाडौं । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले सोमबार जोर्डनको सामना गर्दैछ।

खेल नेपाली समयअनुसार सोमबार राति ९ः४५ बजेदेखि कुवेतमा सुरु हुनेछ ।

यसअघि अवे खेलमा नेपाल जोर्डनविरुद्ध ३-० ले पराजित भएको थियो । नेपाल जोर्डनकै भूमिका सो गोल अन्तरले पराजित भएको हो ।

नेपाल रहेको समूह ‘बी’ को तालिकामा १५ अंकका साथ अष्ट्रेलिया शीर्ष स्थानमा छ ।

त्यस्तै, दोस्रो र तेस्रो स्थानमा क्रमशः कुवेत र जोर्डन छन् । यी दुवै टिमको समान १० अंक छ । नेपाल ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।

चाइनिज ताइपेई भने अंकविहीन छ । जोर्डन फिफा वरियतामा नेपालभन्दा धेरै अगाडि छ ।

१७१औँ स्थानमा हुँदा जोर्डन भने ९५औँ स्थानमा छ । दुवै टिमका खेलाडी अहिले अभ्यासमा व्यस्त छन् ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय