धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ।

सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ प १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए। यात्रामा सामेल एक यात्रु रामशरण उपाध्यायले अचानक बसमा आगलागी हुदा आफु हरु आतिएको बताउनु भयो । गाडीमा अचानक आगलागी हुदा आफु झ्यालबाट ओर्लेर ज्यान बचाएको दुखद पिडा बताउदै गाडीमा करिब ४५ जना रहेको र मानबिय क्षति भने नभएको उहाले अखबारपाटीलाइ जानकारी दिनुभयो ।

सुर्खेतबाट ५ गते बेलुका ५ बजे हिडेको बस बुटवलमा समेत बिग्रेको उपाध्यायले बताउनु भयो । आफ्नो ल्यापटप , लालपुर्जा र जन्मदर्ता नष्ट भएको बताउदै यात्रु उपाध्यायले एक महिलाले आफ्नो करिब ५ तोला सुन समेत जलेको बिलौना सुन्नु आफुलाई सुनाएको बताइन । गाडीमा सवार यात्रुका पासपोर्ट जल्दा उक्त यात्रु घर फर्केका छन् । यसको क्षतिपूर्ति माग गर्दा बस समितिले हामीले दिन नसक्ने ,यसको पूर्ण जिम्मेवार बिमा समिति हुने भन्दै पन्छिएको उहाको तर्क छ ।

उनका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो। ‘बसको अधिकांश भाग जलेको छ। मानवीय क्षति भने भएको छैन,’ डिएसपी भण्डारीले भने,‘बाहिर निकाल्न नसक्दा केही यात्रुका लगेज पनि जलेका छन्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय