लायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए)ले डेल्टा प्लस भेरियन्ट झन् चाँडो फैलिने निष्कर्ष निकालेको छ ।

सो निकायका अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ । यसबारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरूको भनाइ छ । तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरूले सुनाएका छन् । अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट सङ्क्रमितलाई बचाउन सकिने उनीहरूको निष्कर्ष छ ।

बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । ती मध्ये डेल्टा भेरियन्टबाट सङ्क्रमितहरू नै धेरै रहेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उनीहरूले डेल्ट प्लस भेरियन्ट व्यापक रूपमा फैलिन सक्ने तर अहिले उपलब्ध खोपहरूले नै काम गर्न सक्ने जनाएका छन् ।

स्वास्थ्य अधिकारीहरूले दिएको विवरणअनुसार विश्वमा कोरोनाभाइरसका हजारौँ भेरियन्टहरू अहिले फैलिरहेका छन् । भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरियन्ट देखा पर्नुलाई आश्चर्यजनक रुपमा लिनु नपर्ने उनीहरूको भनाइ छ । अमेरिकामा पनि डेल्टा प्लस भेरियन्टका कारण धेरै मानिस सङ्क्रमित भएको पाइएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय