६ कार्तिक, सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाँउपालिकाकी उपाध्यक्ष मिरा अधिकारी लामाको निधन भएको छ । लामो समयदेखि ब्लड क्यान्सर रोगबाट पिडित लामाको उपचारको क्रममा ५१ बर्ष को उमेरमा आज काठमाडौंको त्रिवि शिक्षण अस्पताल , महाराजगन्जमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामा नेपाली काँग्रेस , सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाकी धर्मपत्नी हुन् । लामा करिब १ महिनादेखि अस्पतालमा उपचाररत थिइन् । शिक्षण अस्पताल पुगेका इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङका अनुसार अधिकारीको मृत्यु विहान ७ बजे भएको हो । ५१ वर्षीया अधिकारीको तीन छोरी छन् । उहाँको निधनले सिंगो काँगे्रसलाई क्षति भएको काँगे्रस नेता बंशलाल तामाङले दुःखसो ब्यक्त गरे ।

यो पनि पढ्नुहोस…….   महिला शिक्षकलाई  सरुवा गरिदिने प्रलोभन देखाउँदै यौन दुर्व्यवहार गर्ने शिक्षकविरुद्ध साईबर व्यूरोमा उजुरी दर्ता

तनहुँमा महिला शिक्षकलाई सहयोग र सरुवा गरिदिने प्रलोभन देखाउँदै यौन दुर्व्यवहार गर्ने शिक्षकविरुद्ध साईबर व्यूरोमा उजुरी दर्ता गरिएको छ । महिला शिक्षकलाई विभिन्न सहयोग गरिदिने, जागिर जोगाइदिने वा सरुवा गरिदिने वहानामा यौन सम्पर्कका लागि प्रस्ताव राख्ने शिक्षक विरुद्ध एसपी दिनेश राज मैनालीको सहयोगमा साईबर व्यूरोमा उजुरी दर्ता गरिएको हो ।

नेपाल शिक्षक संघ तनहुँका सचिव पदम खनालले महिला शिक्षकलाई अश्लील संवाद पठाउने, जवरजस्ती यौन हिंसात्मक म्यासेज पठाउने, म्यासेन्जरमा भिडियो च्याट गर्न खोज्ने, भेट्न बोलाउने जस्ता दुर्व्यवहार गरेको भन्दै उजुरी दर्ता गरिएको पिडित महिला शिक्षकले बताएकी छिन् ।

अरु धरै महिला शिक्षकलाई पनि विभिन्न वहानामा भेट्न बोलाउने र यौन सम्पर्कका लागि प्रस्ताव गर्ने जस्ता दुर्व्यवहार गर्ने गरेको उनको आरोप छ । आफूले साइबर व्यूरोमा उजुरी दिए पछि धेरै महिला शिक्षकहरुले आफू पनि यौन दुर्व्यवहारमा परेको भन्दै प्रमाण सहित सम्पर्कमा आउन थालेकोे उनको भनाइ छ ।
(खबर एजुकेसनबाट)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय