जेठ २२, नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा कोरोना संक्रमणबाट एक जनाको निधन भएको छ ।

गाउँपालिकाको वडा नं. २ बोलगाउँकी ३७ वार्षिया रामकुमारी तामाङको निधन भएको समुन्द्रटार स्वास्थ्य चौकीका इन्चार्ज रामकुमार थापाले जानकारी दिए । दुप्चेश्वरमा कारोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

खबर आए पछि हाल जनस्वास्थ्य, प्रहरी र जनप्रतिनिधीको टोली घटनास्थल तर्फ जाँदै गरेको थापाले जानकारी दिएका छन् । मृतक तामाङको गत जेठ २० गते एण्टिजने परिक्षण गरिएको थियो ।

एण्टिजेनमा कोरोना संक्रमण पोजेटिभ देखिएको र कोराना सँग मिल्ने लक्षण समेत भएका कारण उनलाई थप परिक्षण र स्वास्थ्योपचारका लागि समुन्द्रटार स्थित (आइसोलेसन) होल्डिङ सेण्टरमा ल्याउन खोजिएको थियो ।

तर, उनले आउन नमानेको थापा बताउँछन्, ‘हामीले त्यतिबेलै आइसोलेशनमा ल्याएर राख्न खोजेका थियौँ । तर उहाँले मान्नु भएन । आज उनको निधन भएको खबर आयो ।’ तामाङको मृत्यु घरमै भएको हो ।

संक्रमितको मृत्य्ु भएको खबर आए पछि स्वास्थ्य चौकी इन्चार्ज थापालगायत प्रहरी टोली घटास्थल जाँदै छन् । वर्षात्का कारण बाटो बिग्रएकोले उक्त स्थानमा नपुगिसकेका कारण थप जानकारी आउन बाँकी नै छ ।

पछिल्लो समय दुप्चेश्वर गाउँपालिकाले सवै वडाहरुमा पालैपालो घुम्तिटोली मार्फत कोरोना परिक्षण गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय