९ असोज,नुवाकोट- जिल्लाको दुप्चेश्वर गाउँपालिकामा नेपाली कांग्रेसको महादिवेसन सम्पन्न भएको छ । आसन्न १४औ महादिवेसनको दोश्रो चरणमा गाउँपालिका स्तरीय अधिवेसन सकिएको हो ।

दुई नगरपालिका सहित १२ ओटा स्थानीय तह भएको नुवाकोटमा धेरै जसो स्थानीय तहमा सर्वसम्मत भएको छ भने, केहि स्थानमा चुनाव भएको छ । यस्तै  दुप्चेश्वरमा पनि सर्वसम्मत रुपमा स्थानीय प्रतिनिधीहरु चयन भएका छन् ।

दुप्चेश्वरमा सम्पन्न अधिबेसनले सभापतिमा रोजलाल मोक्तान सर्वसम्मत चयन भएका छन् भने उप-सभापतिमा  तिर्थ तामांग र सुदर्सन थापा चयन भएका छन् ।

त्यस्तै सचिव पदमा कृष्णबहादुर स्यांतान र शशी प्रसाद आचार्य चयन भएका छन्, सहसचिव मा रुपेश तामांग र रुप बहादुर तामांग चयन भएका हुन् ।

त्यसैगरी सदस्य खुल्ला तर्फ बीरबहादुर तामांग,विनोदकुमार लामा,आशाराम तामांग, राजकुमार खतिवडा,हरिप्रसाद आचार्य,रामप्रसाद खतिवडा,होम बहादुर पाण्डे,रबिन्द्र केसी,लोक्टे तामांग, देवराज तामांग, सेर बहादुर मोक्तान, बीरबहादुर तामांग, कुमार खड्का र बीरबहादुर तामांग चयन भएका छन् ।

तेस्तै सदस्य खुल्ला महिला तर्फ माईली तामांग,तारा श्रेष्ठ, डम्बर कुमारी लुईटेल केसी, उमा थापा,लक्ष्मी तामांग, लीलामाया तामांग र कमला पण्डित रहेका छन् । त्यसैगरी सदस्य आदिवासी जनजाती तर्फ सानुकान्छा तामांग, रबि तामांग, संजय तामांग, मारलामा तामांग, राजकुमार श्रेष्ठ, सिरमान तामांग र दिनेश तामांग चयन भएका छन् ।

त्यस्तै सदस्य आदिवासी महिला तर्फ फुलसानी तामांग, कल्पना तामांग,दिपिका श्रेष्ठ,कमला श्रेष्ठ, काईली तामांग, सिरमेंदो तामांग र कल्पना तामांग चयन भएका छन् । त्यसैगरी खस आर्य अन्तर्गत अजय कुमार केसी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय