नुवाकाेट । नेपाली कांग्रेसकाे १४ औ महाधिवेशन अन्तरगत नगर गाउँ अधिवेशसन नजिकएसँगै विभिन्न पालिकाहरूमा नगर सभापतिकाे उम्मेदवारी घाेषणा गर्ने लहर चलेकाे छ ।

यसै क्रमममा बेलकाेटगढी नगरपालिकाकाे नगरसभापतिमा कृष्ण प्रसाद पाण्डेले उम्मेदवारी घाेषणाा गरेका छन् । पाण्डेले कांग्रेसकाे महत र वहादुरसिंह लामा समुहबाट उम्मेदवारी घाेषाणा गरेका हुन् ।३० वर्षदेखि कांग्रेसकाे राजनितिमा सकृय रहेका पाण्डेले व्यवसाय र राजनितिलाइ सँगसँगै लिएर अगाडी बढीरहेका थिए । उनले राजनितिलाइ पेशा नभइ सभाज सेवा गर्ने हेतुले अंगालेकाे बताएका छन् । उनले समाज रुपान्तरण्मा केहि गर्ने पर्छ भनेर राजनीतिमा लागेकाे बताए ।

उनले अाफ्नाे कायर्कालमा नेपाली कांग्रेसकाे बेलकाेटगढी नगरपािलकामा अाफ्नै पार्टी कार्यालय स्थापना गर्ने, अाफ्नाे नेतृत्वमा रहेको टिमलाई नेतृत्वको अवसर दिएमा पार्टिको आफ्नै भवन निर्माण गर्ने बताए । पाण्डेको टिमको उपसभापतिमा प्रेम बहादुर अधिकारी, सानुकान्छा तामाङ, सचिवमा रामचन्द्र लामा र सागर न्यौपाने तथा सहसचिवमा रविन दाहाल र कान्छा तामाङ(किरण) रहेका छन् । युवा सहित सम्पुर्ण वर्गलाई समेटेको हुनाले यै टिमले जित्ने एक क्षेत्रिय प्रतिनिधि बताँउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय