जनम जनम म धाेका दिन्न नी……

७ असोज,नुवाकोट-नुवाकोटको दुप्चेश्वरमा जन्मिएका गायक मदन थापाले यो पालि भने लोक दोहोरि भन्दा अलि पृथक शैलीको गित जनम जनम म धाेका दिन्न नी बजारमा ल्याएका छन् ।

पछिल्लो समय ‘घारमा मौरी गेटमा फुलको बोट’लगाएत एक दर्जन भन्दा बढी लोक दोहोरि गितहरुबाट चर्चा बटुलेका थापाले यो पालि भने सुगम संगीत तर्फ मोडिदै जनम जनम म धाेका दिन्न नी बजारमा ल्याएका हुन् ।

सो गितमा भोकल चर्चित गाएक गायिका रचना रिमाल र कमल बिस्टको रहेको छ भने सब्द संगीत मदन थापाको रहेको छ । 1DB HD स्टुडियोमा तयार गरिएको उप्त गीतमा दर्पण यात्रीको संगीत संयोजन रहेको छ ।

Sargam Sangam Entertainment बाट बिहिवार बेलुकी बजारमा सार्वजनिक गरिएको गायक थापाले बताएका छन् । दर्सक हरुले पछिल्लो समय आफ्नो गीतलाई धेरै नै मायाँ गरिदिनु भएको र यो गीतलाई पनि मायाँ गरि हौसला प्रदान गर्नुहुन्छ भनि आसा लागेको थापा बताउँछन  थापाले यो गित रिलिज भएको केहि दिनमै अर्को दशैं तिहार गित पनि सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय