७ असोज, काठमाडौँ- तीजमा ‘चरी जेलैमा’ले यत्रतत्र, सर्वत्र चर्चा पायो । अहिले उनको दशैं तिहार गीत सार्वजनिक भएको छ । बुधबार मात्रै सार्वजनिक गीतको बोल छ, ‘दशैं तिहार आइसक्यो’ । यस गीतले पुनः दर्शक/श्राेतालाई तान्ने आँकलन गरिएको छ ।

सांगीतिक बजारमा फेरि केही दिन उनको गीतको बोलवाला बढ्ने संगीतकर्मीहरूकाे अनुमान छ । यतिसम्म कि नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेका अन्य केही गायक–गायिकाहरू यो गीत आएपछि ‘ब्याक’ भएका छन् ।

सांगीतिक बजारमा विष्णु माझी त्यस्तै एक चासो र रहस्यले भरिएकी लोकगायिका हुन् । उनीप्रति मानिसको चासो अत्यधिक छ । किनभने, उनी सार्वजनिक जीवनमा देखिएकी छैनन् । सर्वत्र उपलब्ध छैनन् । बजारमा देखिएकी छैनन् ।

‘विष्णु माझी कस्ती छिन् ?’, ‘उनी किन सार्वजनिक छैनन् ?’, ‘गुप्तवास उनको स्वेच्छा कि बाध्यता ?’, ‘मान्छे सामाजिक प्राणी भएपछि समाजमा घुलमिल हुन खोज्छ । उनले गुप्तवास जीवन बिताउन चाहिरहेको हो भने किन ?’, ‘कस्तो खालको जीवन उनले खोजेको हो ?’, ‘श्रीमानले नजरबन्दमा राखेर उनी सार्वजनिक नभएकी हुन् कि ?’, ‘त्यसो हो भने उनले विद्रोह गर्थिन् होला ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय