नुवाकोट । नेपाली काग्रेसको १४ औँ महाधिवेशन सबै वडा तहमा लगभग सकिए सँगै गाँउपालिका, क्षेत्र र जिल्ला तहको निर्वानका लागी उम्मेद्वारी घोषणा गर्ने र दाबेदारी गर्ने क्रम जारी रहेको छ ।

नुवाकोट जिल्लाको प्रतिनिधि सभा नं १ को प्रदेश क्षेत्र नं क को सभापति पदमा समाजसेवि तथा राजनितिज्ञ शुशिल खड्काले उम्मेदवारी घोषणा गरेका छन् । नुवाकोट जिल्लाका विभिन्न समाजसेवाका कार्यमा उल्लेख्य योगदान दिएका खड्का नै सभापतिको बलियो दाबेदार रहेको क्षेत्रिय प्रतिनिधिहरुको तर्क छ । दुप्चेश्वर मन्दिरमा शिवलिङ्ग स्थापना, पुल निमार्ण, विद्यालयहरुलाई शैक्षिक सामाग्री सहयोग , स्वास्थ्य चौकी लाई स्वास्थ्य सामाग्री सहयोग गरेका शुशिल खड्का नेपाली काग्रेस काठमाडौँ दुप्चेश्वर सम्पर्क समितिका अध्यक्ष समेत हुन् ।

आफ्नो निजि लगानीमा दुप्चेश्वरका बिभिन्न ठाउँमा पाटी पौवा, कुलो , सडक बनाएका खड्कालाइ क्षेत्रीय सभापति बनाउनु पर्ने दाबि क्षेत्रीय प्रतिनिधि प्रकाश पण्डित अखबार पाटीलाई बताउछन । घ्यांगफेदी मा आइचार दुर्घटना हुदा २२ परिवारलाइ १० हजारका दरले किरिया खर्च प्रदान गरेका समाजसेवी शुशील खडकालाइ डाडामा फुलेको एसेलुको उपमा समेत दिन्छन ।

नुवाकोट र दुप्चेश्वरमा काग्रेस लाई बलियो बनाउन गहन भुमिका खेलेका खड्कालाई क्षेत्रिय सभापति बनाई युवा पुस्तामा हस्तान्तरण गरिएमा नेपाली कांग्रेस नुवाकोट अझ बलियो हुने क्षेत्रीय प्रतिनिधिहरु बिष्णु अधिकारी, सागर लामा बताउछन । बुढालाई सम्मान र सानालाई माया भन्ने स्लोगन बोकेर हिडेका खड्काले खेलकुद क्षेत्रदेखि शिक्षा, यातायातलगायत धेरै ठाउँमा निजि लगानी द्वारा सहयोग गर्दा आफुहरु एकदमै खुसि रहेको र नेपालि कांग्रेसलाइ युवा पुस्ताको खाचो रहेको दुप्चेश्वर गाउपालिका वडा न १ का अध्यक्ष सुनबहादुर तामांग बताउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय