नुवाकोट । नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनको तयारी केन्द्रदेखि जिल्लासमम्म तिव्र गतिमा भइरहँदा दैनिक विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या बढी रहेको छ ।

यसैक्रममा दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा रहेको म्यागङ गाउपालिकामा सभापतिको लागि उम्मेदवारी घोषणा भएको छ । नुवाकोट जिल्ला म्यागङ गाउपालिकाका बर्तमान सभापति सिंहराज तामांगले आफु पुन: एकपटक गाउँपालिका सभापतिको उम्मेदवार बन्ने कुरा अखबार पाटीलाई बताउनु भएको छ । सिंहराज तामांग हालसम्म २ पटक ( २०५४ र २०५६ ) गाबिस सभापति समेत बनिसक्नु भएको छ । हाल तामांग नेपाल कृषि संघ, नुवाकोटका अध्यक्ष समेत हुनुहुन्छ ।

जन्म देखि कांग्रेसको राजनीति गरेका सिहराज तामांग नै म्यागङ गाउपालिकाको नेपालि कांग्रेसका सभापतीको उम्मेदवार हुनु पर्ने कुरा प्रतिनिधि हरुको समेत तर्क छ  । म्यागङको कांग्रेस सुदृढ बनाउन तामांगले गहन भूमिका खेलेकाले पुन कांग्रेसलाइ बलियो बनाउन सिहराज तामांगलाइ नै सभापति बनाउनु पर्ने प्रतिनिधी रहेका ब्यक्तीहरु बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय