नुवाकोट । नुवाकोटको विदुर नगरपालिका- ४ को आर्मी ब्यारेकछेउमा सोमबार पहिरोले सडक अबरुद्ध भएको छ ।

सोमबार राति करिब ८ बजे तिर गएको पहिरोले सडक पूर्ण रुपमा बन्द हुँदा यातायात ठप्प भएको हो । उक्त पहिरोले मानिस आवातजावत गर्न कठिन भएको स्थानियले जानकारी दिए ।

एम्बुलेन्स लगायत आकस्मिक सेवाका सवारीसमेत चल्न नसकेको बताइएको छ ‌ ।नुवाकोटको विदुर नगरपालिका- ४ को आर्मी ब्यारेकछेउमा सोमबार राति परेको अविरल बर्षाले सडक बगाउँदा अबरुद्ध भएको सडक मंगलबार बिहान पनि खुलाईएको छैन ।

सोमबार राति करिब ८ बजे तिर गएको पहिरोले सडक पूर्ण रुपमा बन्द हुँदा यातायात ठप्प भएको थियो ।

मंगलबार बिहान पनि बगाएको सडक बनाउन र सडक सुचारु गर्न कसैको ध्यान नजाँदा आवतजावतमा कठिनाइ भएको र सवारी साधन सञ्चालन हुन नसकेको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय