नुवाकोट । दिपक एकेडेमीले आयोजना गरेको प्रथम दिपक एकेडेमी काठमाडौं ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा म्यान्स डबल तर्फ २८ टिम सहभागी भएकोमा नुवाकोट म्यागङका चन्दन घले र मनु वाइवा दियालीको टिम तेस्रो भएको छ । बलियो २८ टिममा चन्दनको टोलि तेस्रो हुन पाउनु खुसि र म्यागङको गर्बको कुरा रहेको नुवाकोट फुटबल संघका प्रबक्ता बिजय गुरुङले अखबार पाटीलाइ जानकारी दिनुभयो । आगामी दिनमा अझ मेहनत गरेर म्यागंगको नाम खेलको कारण चिनाउने रहर रहेको बिजेता चन्दन घले बताउनु हुन्छ ।

यो पनि पढ्नुहोस्
दुप्चेश्वर गाउपालिकामा आर्थिक आयआर्जनमा सहयोग पुर्याउने तालिम प्रदान
दुप्चेश्वर गाउँपालिकामा रहेको नमुना वस्ति र वडा नम्बर ६ का अत्ति जोखिममा परेका व्यक्तिहरुलाई लक्षित गरि बास र निगालाको चोया मार्फत बन्ने सामाग्रीहरु निर्माण गर्नलाई तालिम दिइएको छ ।

स्थानीय स्तरमा खेर गइरहेको बास र निगालोको प्रयोग मार्फत विभिन्न सामाग्री बनाएर आर्थिक आयआर्जन गराउन सहयोग पुराउने लक्ष्य सहित उक्त तालिम आयोजना गरिएको हो । दुप्चेश्वर गाउँपालिकाको समन्वयमा पूर्णिमा कार्यक्रमको संवोधन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा १० जना व्यक्तिहरुको सहभागिता रहेको थियो । विहिवार १५ दिने तालिमको समापन गर्दै सहभागिहरुलाई गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

खेर गइरहेको श्रोत र साधनको प्रयोग गरी स्थानीयलाई उद्यमी बनाउन यस तालिमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ । वेरोजगार भइ बसेका व्ययक्तिहरुलाई स्थानीय श्रोत साधन मार्फत स्वरोजगार बनाउनु तालिमको मुख्य उदेस्य रहेको अध्यक्ष तामाङको भनाई रहेको छ । विशेष गरी घरभान्छामा प्रयोग हुने सामाग्री बनाउन तालिमका सहभागीहरु दक्ष भएको उहाँले बताउनुभएको छ ।

तालिमको समापन कार्यक्रमलाई संवोधन गर्नुहुदै गाउँपालिकाका उपाध्यक्ष आचार्यले तालिम प्राप्त व्यक्तिहरुले उत्पादन गरेका सामाग्रीहरुको बजार व्यवस्थापन गर्नलाई समन्वय गर्ने प्रतिवद्धता जनाउनुभएको छ । तालिमका सहभागीहहरुलाई सिकेको सिपलाई व्यवहारिक रुपमा अघि बढाएर आय आर्जनको बाटोमा लाग्नलाई उपाध्यक्ष आचार्यले आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय