जेठ २०, अखबारपाटी ।
नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका स्थित दुप्चेश्वर मन्दिरको पर्यटन पूर्वाधार विकासका लागि ४ करोड ९० लाख करोड रुपैयाँ स्विकृत भएको छ । स्विकृत कार्यक्रमको पहिलो चरणमा सरकारले आव. २०७८/०७९को बजेट मार्फत १ करोड रुपैयाँ विनियोजन गरेको हो ।

दुप्चेश्वर पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी आयोजना गत आवमा पर्यटन मन्त्रालयले प्रस्ताव आव्हान गरेको विकास योजना हो । मन्त्रालयले आव्हान गरेको उक्त प्रस्तावमा दुप्चेश्वर क्षेत्र विकास कोषसँगको समन्वयमा दुप्चेश्वर गाउँपालिकाले प्रस्तावना पेश गरेको थियो ।

चालू आवमा आएर स्विकृत भएको उक्त योजना दुप्चेश्वर मन्दिर र आसपासका क्षेत्रमा चरणगत रुपमा सञ्चालन गर्ने योजना रहेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिँह तामाङ बताउँछन् । “हामीले गुरु योजना नै बनाएर विकास निर्माणका काम अघि बढाउँदै छौँ । पहिलो चरणमा १ करोड रुपैयाँ विनियोजन भएको छ, सुरुमा उक्त बजेटले धान्ने किसिमका संरचनाहरु निर्माण गरिने छ,” उनले भने ।

देशको अस्थिर राजनीतिक अवस्थाका कारण अघिल्लो आर्थिक वर्षमा स्विकृत हुन नसेकेको उक्त कार्यक्रम संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि भानुभक्त ढकालको पहलमा चालू आवको बजेटमा समावेश गरिएको हो ।

यस कार्यक्रमले समग्र दुप्चेश्वरको विकासमा टेवा पुर्याउने दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्यले बताइन् । आचार्यले यस योजनालाई प्राथमिकताका साथ बजेटको व्यवस्था मिलाउन सघाउने मन्त्रि ढकाललाई पनि धन्यवाद दिएकी छिन् ।

गत वर्ष चैत २१ ग्ते दुप्चेश्वर मन्दिर परिसरमा निर्माण सम्पन्न आयोजनाको उद्घाटन तथा नयाँ योजनाको शिलान्यास कार्यक्रममा प्रमुख अथिति मन्त्रि ढकालले दुप्चेश्वर मन्दिरको विकासका लागि हदैसम्मको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री ढकालले भनेका थिए, “ म प्रतिनिधिको हिसाबले तपाईहरुको नभए पनि तपाई हरुकै प्रतिनिधि सम्झेर यो काम गर्ने छु । ” उनले दुप्चेश्वर मन्दिर परिसरहुँदै बग्ने सूर्यमती नदिमा पक्की पुल निर्माणका लागि समेत समन्वय गर्ने बताएका थिए ।

उक्त आयोजना अन्तरगत सञ्चालन हुने सबै क्रियाकलापहरु विषेश गरेर यस क्षेत्रमा धार्मिक पर्यटकहरुको आकर्षण बढाउने रहेको दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष एवं दुप्चेश्वर गाउँपालिका वडा नं ६ का अध्यक्ष किशोर आचार्यले बताए । पर्यटकको संख्यात्मक बढोत्तरीले अन्ततः यस क्षेत्रको आर्थिक क्रियाकलाप बढ्ने अपेक्षा गरिएको उनको भनाई छ ।
यस्ता छन् पर्यटन पूर्वाधार निर्माण योजनाका लक्षित कार्यक्रमहरुः

  • दुप्चेश्वर आइपुग्ने पर्यटकलाई बाँकी समय बिताउनआकर्षण गर्ने पर्यटकिय स्थलको प्रवद्र्धन गर्न मन्दिरको करीब १ किलोमिटर व्यास हुनेगरी धार्मिक परिपथ एवं पार्क निर्माण ।
  • स्थानिय क्षेत्रको पहिचान हुने वस्तुहरुको उत्पादन तथा विक्री प्रवद्र्धनका लागि कोशेली घर निर्माण तथा सञ्चालन ।
  • दुप्चेश्वर मन्दिर र आसपासका क्षेत्रहरु, सूर्य कुण्ड, गोसाइंँकुण्ड जस्ता अनेकौँ कुण्डका विषयमा जानकारी गराउने खालका सामग्रीहरुको निर्माण तथा प्रदर्शनीका लागि मिनी थिएटर (प्रदर्शनीहल) निर्माण ।
  • दुप्चेश्वर आसपासका पर्यटकिय क्षेत्रहरु (बागमारा, थाम्डाँडा गुम्बा, राहुचुली) आसपासका क्षेत्रमाभ्यु प्वाइण्ट एवं त्यहाँसम्म जानका लागि पदमार्ग निर्माण ।
  • आगन्तुकका लागि शौचालय एवं स्नानघरको व्यवस्था
  • गाईका माध्यमबाट प्रकट भएको दुप्चेश्वर महादेवको चिनारी हुने किसिमको (गाईको प्रतिमा सहितको) भौतीक संरचना निर्माण ।
  • पर्यटकहरुको सवारीसाधनको उचित व्यवस्थापनका लागि पार्किङस्थल निर्माण
  • आगन्तुकहरुका लागि स्थानिय संस्कृति र परम्परा झल्किने वातावरण सहितको बसोबासको व्यवस्था मिलाउन होमस्टे प्रवर्धन ।
  • महादेवको मूर्ति निर्माण
  • प्रवेश द्वार निर्माण
  • मुल सडक देखी मन्दिरसम्मको बाटो स्तरोन्नती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय