साउन २०, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । बुधबार भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले एक सूचना जारी गरी जानकारी दिएका छन् । खनालको मिर्गौला प्रत्यारोपण एपोलो अस्पतालका डा.सन्दीप गुलेरियाको नेतृत्वमा खटिएका डाक्टरहरुको टोलिले गरेको थियो ।

मिर्गौला प्रत्यारोपण पछि खनालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन अस्पतालमै आरम गरेपछि नेपाल फर्किने भट्टराईले बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना भएका खनाललाई असार २ गते दिल्ली लगिएको थियो । यसअघि एपोलो अस्पतालमा डा. अखिल मिश्राको नेतृत्वमा खनालको उपचार भइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय