आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेकाे छ ।

कम्पनीले १ कराेड ८० लाख रूपैयाँ बराबरकाे १ लाख ८० हजार कित्ता आईपीओ गर्न निष्कासन सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौँलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे हाे ।

उक्त सम्झाैतमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगात बीर चौधरी तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच द्धिपक्षीय हस्ताक्षर भएकाे छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे रजिष्ट्रार कार्यालय घोराही, दाङमा रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय