साउन १९, नुवाकोट ।
जिल्लाको दुप्चेश्वर गाउँपालिका स्थित दुप्चेश्वर मन्दिर परिशरमा ६४ शिवलिङ्ग, १२ ज्योतिर्लिङ्ग र शेष शैयामा सुतेका भगवान नारायणको मुर्ति स्थापना गरिएको छ । स्थानिय शिवभक्त एवं समाजसेवी शुशील खड्काको व्यक्तिगत सहयोगमा उक्त मुर्तिहरुको स्थापना गरिएको हो । आफूले कमाएको पैसाको दशांस मध्येबाट  पितृहरुको संझनामा उक्त मुर्तिहरु स्थापना गरिएको खड्काले बताएका छन् ।

देवालय तथा अन्य सार्वजनिक महत्वका स्थान, दिन दुःखी, प्राकृतिक प्रकोप पिडित आदिलाई सहयोग गर्दै आएका खड्काले यस पटक दुप्चेश्वर मन्दिर परिशरमा मुर्ति स्थापना गरका हुन् । यस कार्यमा करीब १० लाख रुपैयाँ खर्च भएको अखबारपाटीसँगको सम्बादमा उनले बताएका छन् । पशुपतिनाथ लगायत अन्य देवालयहरुमा शिवजीको दर्शन पछि ६४ शिव लिङ्ग र १२ ज्योतिर्लिङ्गको दर्शन गर्ने चलन छ । दुप्चेश्वरमा पनि आम भक्तजनले त्यो अवसर पाउन भन्ने हेतुले शिवलिङ्ग र ज्योतिर्लिङ्ग स्थापना गरिएको उनको भनाई छ ।

यस क्षेत्रका अग्रजहरुले दुप्चेश्वरमा ६४ शिव लिङ्ग र १२ ज्योतिर्लिङ्ग स्थापना गर्न आवश्य रहेको बताएका कारण आफू झनै आकर्षित भएको खड्का बताउँछन् । जसरी दुप्चेश्वर महादेवको मन्दिर भन्दा ठिक पारीपट्टी शिखरबेशीमा रहेको बछला देवी मन्दिरमा नवदुर्गा लगायत २४ थरी भगवानका मुर्ति स्थापना गरिएको छ, त्यसैगरी दुप्चेश्वरमा पनि शिवलिङ्ग, ज्योतिलिङ्ग र शेष शैयामा रहेका नारायणको मुर्ति स्थापना गरिएको उनको तर्क छ ।

खड्काले यस अघि दुप्चेश्वर गाउँपालिकाको वडा नं. ७ शिखरबेशी र सिम्टाङ जोड्ने झोलुंगे पुल समेत व्यक्तिगत खर्चमै निर्माण गरेका थिए । कोटबारी गु्रपका संचालक खड्काले शिखरबेशीमै कोटबारी कृषि फार्म र कोटबारी बोर्डिङ स्कूल सञ्चालन गरेका छन् । यसबाहेक उनको अर्को प्रोजेक्ट कोटबारी होटल निर्माणकै क्रममा छ । गतवर्ष नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको स्टार स्तरको कोटबारी होटल मुलुुकमा कोरोना भाइरको संक्रमण बढ्दै गएपछि केही सुस्ताएको थियो । यसबर्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताएका छन् । खड्का पर्यटन व्यवसायी समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय