साउन ६, नुवाकोट ।
दुप्चेश्वर गाउँपालिका वडा नं.७ शिखरवेंसीमा घरमाथीको पहरोबाट ढुंगा खस्दा तीन ओटा घर पुरेको छ । घर भत्किँदा १६ वर्षिया किशोरी अस्मिता नेपाली गम्भिर घाइते भएकी छिन् भने दुई जनाको सकुशल उद्धार गरिएको छ । घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्र सिँह तामाङले जानकारी दिए ।

बुधबार विहान करीब ९ः ३० बजे घरमाथीको पहरोबाट उछिट्एिको ढुँगाबाट उक्त घरहरुमा क्षति पुगेको हो । दिउँसोको समय भएका कारण मानवीय क्षति नभए पनि पशु चौपाया भने परेको छ । पहिरोले २ वटा खसी पुरेको छ भने एउटा भैँसी घाइते भएको तामाङले बताएका छन् ।

पहिरोले स्थानिय रामचन्द्र नेपाली, विष्णु नेपाली र शान्ता दमाईंको घरममा क्षति पुगेको छ । पहिरोको जानकारी पाए लगत्तै गाउँपालिका अध्यक्ष तामाङ, जिल्ला रेडक्रश, प्रहरी लगायतको टोली घटनास्थलमा पुगेको थियो । नेपाल रेडक्रस सोसाइटीबाट पहिरो पीडितहरुलाई टेण्ट, खाद्यान्न, भाँडाकुँडा लगायतका सामग्रीहरु उपलब्ध गराईएको छ ।

उक्त पहिरोबाट थप १५ घर उच्च जोखिममा परेको छ । जोखिममा परेको वस्तीलाई यथासिघ्र अन्यत्र स्थानान्तरण गरिने अध्यक्ष तामाङले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय