साउन ६, काठमाडौैं ।

जुट र फुटको मजधारमा हिँडिरहेको नेकपा एमालेमा नयाँ विषय छलफलमा आएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले छुट्टा छुट्टै छलफल गरिरहँदा नेपाल पक्षका अधिकांश नेताहरूले केपी शर्मा ओली विनाको एमाले बनाउनुपर्ने धारणा राखेका छन्।

काठमाडौंमा मंगलबार बसेको बैठकमा सहभागी केन्द्रीय सदस्य तथा सांसदहरूले ओली विनाको एमालेको धारणा अघि सारेका हुन्। बैठकबारे जानकारी दिंदै एक केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओली पार्टीमा रहेसम्म एमालेलाई सग्लो राख्न सकिंदैन भन्ने सुझाव आएको बताएका छन् ।“केन्द्रीय सदस्य र सांसदहरूको मनोविज्ञान बुझ्दा १५–२० दिनभित्र केन्द्रीय कमिटीमा हाम्रो बहुमत पुग्छ र त्यसो हुँदा ओलीलाई अध्यक्षबाट हटाउन सक्ने देखिन्छ,” उनले भनेका छन्, “संसदीय दलमा पनि सजिलै बहुमत पुग्ने हुनाले दलको नेताबाट पनि हटाउन सकिने सल्लाह–सुझाव आएको छ।”

बैठकमा ओलीलाई एमालेबाट हटाउन नसके नयाँ पार्टी बनाउने विषयमा समेत छलफल भएको बताइएको छ। यसैबीच ओली पक्षका थप ६–७ जना सांसदहरू आफूहरूको समूहमा आउन लागेको एमाले नेता विरोध खतिवडाले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए पछि एमालेमा अझै तिक्तता बढेको छ । देउवालाई विश्वासको मत दिने २२ मध्येका एमाले केन्द्रीय सदस्य मेटमणि चौधरीले कानूनले दिएसम्म आफूहरू सरकारमा सहभागी हुने बताएका छन् मन्त्री बन्दा सांसद पद गुम्दैन भने आफूहरु सरकारमा जान तयार रहेको र यस विषयमा कानूनी परामर्श समेत थालिएको उनले बताए ।

देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका आफ्ना २२ सांसदलाई नेकपा अध्यक्ष ओली पक्षले स्पष्टीकरण सोधेको छ। ५ गतेको मिति राखेर सोधिएको स्पष्टिकरण पत्र आज मात्र पठाइएको हो ।

अध्यक्ष केपीशर्मा ओलीकको हस्ताक्षर रहेको स्पष्टिकरण पत्रमा पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको उल्लेख छ ।

यस्तो छ स्पिष्टिकरण पत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय