५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन्
मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ ।

यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

यो पनि पढ्नुहोस्….अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति  मध्यपश्चिम विश्वविद्यालयका एक जना डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएको खुलासा भएको छ ।

इन्जिनियरिङ संकायका डीन अनन्तराज घिमिरेले अध्ययन बिदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएका हुन् । सो कम्पनीको अध्यक्ष ऊर्जा मन्त्रालयको सचिव हुने व्यवस्था छ ।

सहप्राध्यापक घिमिरेले एकवर्षे अध्ययन बिदा लिएर चारवर्षे अवधि रहने (प्रवन्ध निर्देशक) पदमा नियुक्ति लिएका हुन् । ई. घिमिरे तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीको पालामा नियुक्त भएका हुन् । घिमिरे स्वयंले अध्ययन बिदा स्वीकृत गराएर राजनीतिक नियुक्ति लिएको अनलाइनखबरसँग स्वीकार गरेका छन् ।
विश्वविद्यालयले माग्यो आधिकारिक जानकारी

घिमिरेले दोहोरो सुविधा उपभोग गरेको देखिएको भन्दै विश्वविद्यालयले ऊर्जा सचिवलाई पत्र लेखेर नियुक्ति सम्बन्धमा आधिकारिक जानकारी गराइदिन भनेको छ ।

कार्यकारी परिषदको २०७७ फागुन २३ गते बसेको बैठकले ऊर्जा मन्त्रालयसँग घिमिरेको नियुक्तिबारे स्पष्ट जानकारी माग्ने निर्णय गरेको थियो । सो निर्णयपछि गत वैशाख १९ गतेको मितिमा विश्वविद्यालयले ऊर्जा मन्त्रालयलाई पत्र लेखेर जानकारी मागेको हो ।

‘कार्यकारी परिषदको निर्णय नं. ३१० अनुसार सम्बन्धित निकायसँग प्रष्ट जानकारी माग गर्ने निर्णय भएबमोजिम तहाँ कार्यालयबाट निजको नियुक्तिका सम्बन्धमा समेत स्पष्ट खुल्ने गरी आधिकारिक जानकारी गराइदिनुहुन निर्देशनानुसार अनुरोध छ’, प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर रहेको पत्रमा लेखिएको छ । यद्यपि त्यसको जानकारी मन्त्रालयबाट अझै नपाएको विश्वविद्यालय स्रोतले बतायो ।

ऊर्जा मन्त्रालयका सचिव एवम् विद्युत उत्पादन कम्पनी लिमिटेडका अध्यक्ष देवेन्द्र कार्कीले भने अध्ययन बिदामा रहेको व्यक्ति नियुक्त भएकोबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘म ऊर्जा मन्त्रालयमा सचिव भएर आउनुभन्दा अगाडि नै उहाँ नियुक्त भइसक्नु भएको थियो । त्यसैले धेरै कुरा मलाई थाहा छैन । अब यसबारे बुझ्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय