साउन ४, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले कोरोनाविरुद्धको खोप अभियानको निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवा आज बिहान १० बजे जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर खोप अभियानको सुरुवात तथा निरीक्षण गरेका हुन् । प्रधानमन्त्रीले उपत्यकाका विभिन्न खोप केन्द्रमा गएर निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अमेरिकाले कोभ्याक्स सुविधामार्फत् नेपाललाई एकै मात्रा लगाए पुग्ने १५ लाख ३४ हजार ८५० मात्रा जोनसन एण्ड जोनसन खोप उपलब्ध गराएको छ ।

यो समूहलाई लगाइन्छ जोन्सन एन्ड जोन्सनको खोप
– ५० वर्ष देखि ५४ वर्ष उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबै नागरिकहरु
– पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकहरु
– नेपालमा बसोवास गरिरहेका शरणार्थिहरु
– स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु
– यस अघिको अभियानहरुमा खोप लगाउन छुट भएका सबै जना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय