नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट आठ सांसदले स्थायी कमिटी र संसदीय दलको निर्देशनको उल्लंघन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । स्थायी कमिटी बैठकले विश्वासको पक्षमा मत दिए पार्टीमा कुनै स्थान नरहने भन्दै दिएको चेतावनीका बाबजुद उनीहरूले देउवालाई समर्थन गरेका हुन् ।

समर्थन गर्नेहरूमा ओलीको मन्त्रिपरिषदमा सदस्यसमेत बनेका प्रेम आलेसहित कृष्णकुमार (किसान) श्रेष्ठ, धनबहादुर बुढा, गोपाल बम, हीराचन्द्र केसी, सुमिना हुसेन, विना बुढाथोकी र पार्वती विशुंखे रहेका छन् ।

यो पनि पढनुहोस
सर्वोच्चको फैसलालाई संरक्षण गर्दै अघि बढौं : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलालाई संरक्षण गर्दै राजनीतिक दलहरू अघि बढ्नु पर्ने बताएका छन् ।

आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वास प्रस्तामाथिको छलफलमा भाग लिँदै उनले सर्वोच्चले प्रतिगमनतिर गएको देशलाई बचाउँदै जनताको आवाज सुनेर सदन ब्युँताएकाले त्यसलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।

‘दुर्घटनाको डिलमा पुगेको संविधान र राजनीतिक व्यवस्थालाई अदालतले जोगाएको छ । प्रतिगमनतिर लम्किएको देशलाई बचाएको छ । यसलाई संरक्षण गरेर अघि बढौं,’ भट्टराईले भने । सर्वोच्चको व्याख्याले नेपालको संसदीय व्यवस्था परम्परागत नभएको व्याख्या गरेकाले संविधानको धारा ७६ (५) बारे गरिएको व्याख्याले निर्दलीयतालाई प्रोत्साहन नगरेको उनको भनाइ थियो ।

केही कुरा अपूरो भए पनि वर्तमान संविधान नै सबैभन्दा अग्रगामी भएकाले यसलाई जोगाउनुपर्ने उनको भनाइ छ । संसदको हत्या गर्ने कुरा अलोकतान्त्रिक भएको भन्दै उनले त्यसलाई जोगाउन सांसदलले स्वविवेकीय अधिकार प्रयोग गर्न पाउनुपर्ने बताए । राजनीतिक दलहरू एक ठाउँमा आएर संयुक्त सरकार बनाउने निर्णयलाई समर्थन गर्दै उनले वर्तमान सरकारलाई स्थायित्वको सरकार बनाउन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय