नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण नहुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वास मतमाथिको छलफलमा माग लिँदै प्रचण्डले व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण नहुने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका हुन् ।

‘केपी ओलीजी यहाँ हुनुभएन । सुनिरहनु भएको होला । व्यक्तिगत दम्भ र अहंकारले इतिहास निर्माण हुँदैन,’ उनले भने, ‘बनेको इतिहासलाई तपाईंले जबरजस्ती आफ्नो व्यक्तिवादी चरित्रले निमिट्यान्न पार्छु भन्ने ठान्नुभएको हो भने तपाईंले बलन्डर गर्नु भएको हो । ’प्रचण्डले केपी ओलीले गरेको बलन्डरको फल अहिले भोगिरहेको र अझै भोग्दै जाने बताए । ‘हिजो तपाईंले गरेको बलन्डरको फल भोग्दै हुनुहुन्छ र अझै भोग्दै जानुहुन्छ,’ उनले भने ।

उनले आफूहरूलाई निमिट्यान्न पार्ने कुरा नसोच्न पनि ओलीलाई चेतावनी दिए । ‘हामी नेतृत्वकर्ता जिउँदै छौँ । त्यति सजिलो चिज हामी होइन,’ उनले भने, ‘तपाईंहरूले माइनस गर्न खोजेर, अपमानित गर्न खोजेर अनि यिनीहरू निमोठिन्छन् भन्ने ठानिएको हो भने नेपाली जनताको आवाजहरूको प्रतिनिधित्व हो हामी बुझिराख्नुस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय