३ साउन,काठमाडौँ —सर्वोच्च अदालतले दोस्रो पटक पुनर्स्थापित गरेको प्रतिनिधिसभामा आइतबार एकै दिन १५ वटा अध्यादेश प्रस्तुत भएको छ। मन्त्रीहरु जनार्दन शर्मा, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न १५ वटा अध्यादेश प्रस्तुत गरेका हुन्।

जसमा सपथसम्बन्धी अध्यादेश–२०७८, रेल्वे अध्यादेश–२०७८, औषधि अध्यादेश–२०७८ (तेस्रो संशोधन), कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश–२०७८ प्रस्तुत गरिएको हो।

त्यस्तै, सामाजिक सुरक्षा अध्यादेश–२०७८ (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) अध्यादेश–२०७८ (पहिलो संशोधन), तेजाब तथा घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७८, नेपाल नागरिकता अध्यादेश–२०७८ (पहिलो संशोधन), बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश–२०७७ (तेस्रो संशोधन), यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न अध्यादेश–२०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न अध्यादेश–२०७८ प्रस्तुत भएको छ। त्यस्तै, आर्थिक अध्यादेश–२०७८, विनियोजन अध्यादेश–२०७८ र राष्ट्रिय ऋण अध्यादेश–२०७८ प्रस्तुत गरिएको छ।

यो पनि पढ्नुहोस्….सरकारबाट बाहिरिएको चिन्ता होइन, प्रणाली भत्किएको छ : प्रदीप ज्ञवाली
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले तीन तीन पटक प्रधानमन्त्री बन्न असफल भएका शेरबहादुर देउवालाई जस्केलाबाट छिराउने काम भएको बताएका छन्।

प्रतिनिधि सभामा आज प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतमाथिको छलफलमा ज्ञवालीले भने, ‘त्यसकै सहारामा उनलाई प्रधानमन्त्री बनाउने काम भएको छ। उनले संविधानको धारा ७६ २ को अपव्याख्या भएको छ।’उनले भने, ‘हामीलाई सरकारबाट बाहिरिएको चिन्ता होइन, प्रणाली भत्किएको चिन्ता छ।’ उनले मनमोहन अधिकारीको प्रधानमन्त्रित्वकाललाई विशेष सम्झेका थिए।

अनेक अनैतिक प्रयत्न गरी मनमोहन अधिकारीलाई सरकारबाट च्युत गरिएको भन्दै त्यसबेलाको चर्चा गरे। त्यसैगरी प्रधानमन्त्री केपी ओलीको चर्चा गर्दै ओलीलाई विकासवादी नेताको रूपमा चित्रण गरे। नेकपा एमाले विधिको शासनमा विश्वास गर्ने भन्दै सर्वोच्च अदालतको फैसलालाई मान्ने पनि उनले बताए। शक्ति पृथककीकरण र लोकतन्त्रलाई एमालेले सधैं विश्वास गर्ने उनले सुनाए।

देउवाबाट शेरबहादुर बर्खास्त गरिएका भन्दै उनले आज देउवा यतिबेला ‘श्रीमान् ५ भएका पनि उल्लेख गरे। युरोकप र कोपा अमेरिकाको खेलको उदाहरण दिँदै उनले जहाँ फल हुन्छ त्यहाँबाट ‘फ्रि किक’ दिनुपर्ने भन्दै सर्वोच्च अदालतप्रति पनि गुनासो गरे। प्रणाली र लोकतन्त्रको बहस हुनुपर्ने भन्दै उनले एमालेलाई यसबारे ज्यादै चिन्ता लागेको बताए।

निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक भएको भन्दै देउवा सरकारले जनताको नासो राजामा बुझाएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाप्रति कटाक्ष गरे। संविधान अक्षर मात्र नभएको भन्दै ज्ञवालीले छातीमा हात राखेर भने, ‘भनाैं ‘यो अदालतले निरंकुश हुन दिन्छ?’ भनी प्रश्नसमेत गरेका थिए।
निर्वाचनमा जाने विषय अलोकतान्त्रिक नभएको उनको जिकिर थियो। संविधानमा को प्रधानमन्त्री बन्न पाउने भन्ने स्पष्ट गर्न व्यवस्था गरेको भन्दै उनले संविधानका धाराको प्रयोगबारे पनि बताए।

सगरमाथाको उचाइ र लिम्पियाधुराको कामप्रति सरकारले आफूहरूलाई सम्झिरहने उनले बताए। साथै उनले आफ्नो सरकारले बनाएका कैयाैं कानुनलाई जनताले सम्झिरहने दाबी गरे।

उनले सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सकेको र विप्लव समूहलाई खुला राजनीतिमा ल्याएको भन्दै आफ्नो सरकारलाई मान्छेहरूले सम्झिरहने पनि बताए। त्यस्तै नाकाबन्दी, पारवहन सन्धि, स्वास्थ्य बिमा जनताले सम्झिरहने बताए। भने, ‘हरेक जनताले मेलम्चीको धारा खोल्दा हाम्रो सरकारलाई सम्झिरहेन्छन्।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय