काठमाडौं- नेकपा (एमाले)का नेता भीम रावलले संघीय सांसद (प्रतिनिधि सभा सदस्य) पदबाट राजीनाको घोषणा गरेका छन्।

अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आइतबार राजीनाको घोषणा गरेका हुन्। उनले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा २४ हजार ८८३ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७ हजार ७१९ मत पाएका थिए।

आइतबार प्रतिनिधि सभा बैठक बस्नुअघि रावलले राजीना घोषणा गरेका हुन्। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको लिने कार्यसूची छ। माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। एमालेले भने विश्वासको मत नदिने निर्णय गरेको छ। तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरूले भने विश्वासको मत दिने बताइसकेका छन्।

यो पनि पढ्नुहोस्
नुवाकोटको ठूलो पर्यटकिय गन्तव्य : नुवाकोट दरबार, जिपलाइन र नजिकैको रिसोर्ट (यस्तो छ )
नुवाकोट। नुवाकोटको सबैभन्दा ठूलो पर्यटकिय गन्तव्य ‘नुवाकोट दरबार’ २०७२ सालको भुकम्पले थलापरेको छ ।

अहिले दरबार क्षेत्र जाने पर्यटकको संख्या अत्यन्त न्यून रहेको यहाँ सुरक्षामा खटिएका सुरक्षाकर्मी बताउँछन् । दरबारको पुनर्निर्माणको काम अगाडि बढाइएको छ । तर, कोभिड १९ को संक्रमणपछि यहाँ कामदार छैनन् । स्थानीयवासीका अनुसार यहाँ चिनियाँ कामदारले काम गरिरहेका थिए । कोरोना संक्रमण बढ्न थालेपछि उनिहरु गएका हुन् । ‘चीनबाट आएका कामदारले दरबारलाई फलामको टेको लगाएर काम गर्दै थिए । कोरोना लागेपछि उनिहरु गए । अब फागुनमा आउने भन्ने सुनेका छौं’, स्थानीयवासीले भने ।

भुकम्पपछि दरबार क्षेत्रमा पर्यटकिय गतिविधि कम भएपनि निजी क्षेत्रको पहलमा नयाँ सुविधा सम्पन्न होटल र रेष्टुरेन्टसहितको जिपलाइन निर्माण भएको छ । स्थानीय युवा उद्यमीहरुको संयुक्त लगानीमा तयार भएको नयाँ जिपलाइन निर्माणमा ३ करोड ५० लाख रुपैयाँ खर्च भएको लगानीकर्ता मध्यको एक संजिव राईले बताए ।

उनका अनुसार जिपलाइन बाहेको अन्य पूर्वाधार धमाधम निर्माण भइरहेको छ । त्यसमा कति खर्च लाग्छ अहिले एकिन भइसकेको छैन । यहाँ एड्भेञ्चर पिङ, स्वीमिङ पुल, आकर्षक सुविधा सहितको १० रुम, ठूलो खाली भाग र विभिन्न फोटोसेसन एरिया निर्माण भइरहेका छन् । अहिले जिपलाइन, रेष्टुरेन्ट जस्ता संरचना संचालनमा आइसकेका छन् भने होटल, पिङ जस्ता संरचना निर्माणको अन्तिम चरण पुगेको छ । अहिले गएर जिपलाइन चढ्नेले २ हजार रुपैयाँ तिर्नु पर्ने छ । १३ सय मिटर लामो जिपलाइनको टप स्पीड १२० किलोमिटर प्रतिघन्टाको रहेको छ ।

जिपलाइनमा यात्रा गर्दा दरबार क्षेत्रको भ्यूको अनुभव समेत गर्न सकिने छ । यसअघि दरबार घुमेर राम्रो होटलको खोजीमा त्रिशुली वा बट्टार धाउनु पर्ने अवस्था थियो । नयाँ रिसोर्टले मनोरञ्जनको लागि जाने जो कोहिलाई लोभ्याउने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय