काठमाडौं । भारत र श्रीलंका आज एकदिवसीय सिरिजको पहिलो म्याच खेल्दैछन् । यी दुई टोलीबीचको पहिलो म्याच नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ । जारी सिरिजमा दुवै टोलीले नयाँ कप्तान पाएको छ । भारतीय टोलीको नेतृत्व शिखर धवनले गर्नेछन् ।

विराट कोहली टेष्ट सिरिजका लागि इंग्ल्याण्डमा रहेकाले धवनले कप्तानी गर्ने मौका पाएका हुन् । त्यस्तै, श्रीलंका क्रिकेट बोर्डले कुशल परेराको अनुपस्थितिमा अलराउन्डर दसुन शनाकालाई कप्तान बनाएको छ । पछिल्लो पाँच म्याचको कुरा गर्ने हो भने भारतले श्रीलंकालाई चार खेलमा हराएको छ ।

श्रीलंकाले वानडेमा भारतलाई अन्तिम पटक १० डिसेम्बर २०१७ मा हराएको थियो । सो खेलमा उसले भारतलाई ७ विकेटले पराजित गरेको थियो । त्यसयता भने श्रीलंका भारतविरुद्ध लगातार फराकिलो हारको सामना गरिरहेको छ ।

भारतको सम्भावित प्लेइङ-११ :
शिखर धवन (कप्तान), पृथ्वी शा, सूर्यकुमार यादव, मनिष पाण्डे, सञ्जु सामसन (विकेटकिपर), हार्दिक पाण्ड्या, कृणाल पाण्ड्या, भुवनेश्वर कुमार, दीपक चहर, नवदीप सैनी र युजवेन्द्र चहल ।

श्रीलंकाको सम्भावित प्लेइङ-११ :
अभिष्का फर्नांडो, पथम निसन्का, मिनोद भानुका (विकेटकीपर), धनन्जय डिसिल्भा, भानुका राजपाक्ष, दसुन शनाका (कप्तान), वानिन्दु हसारंगा, इसुरु उडाना, लक्षण सदाकन, दुश्मन्थ चमेरा र कसुन रजिता ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय