काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा थप पाँच सांसद उपेन्द्र यादव समूहको बैठकमा सहभागी भएका छन् । यसअघि महन्थ ठाकुर समूहमा रहेका पाँच सांसद शनिबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा सहभागी भएको एक नेताले जानकारी दिए ।

उनका अनुसार अरु थप दुईजना आउने तयारीमा छन् । शनिबारको बैठकमा प्रमोद साह, रुही नाज, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल उपस्थित थिए । उनीहरु अब यादव समूहमै रहने छन् ।
यो पनि पढ्नुहोस्
घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता–कार्यकर्तालाई कारबाही गरिने भएको छ ।

कांग्रेस पदाधिकारी बैठकले घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ का सभापति बालकृष्ण बस्नेत र त्यसमा संलग्न कार्यकर्ताहरुलाई कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो । शनिबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले उक्त घटनामा संलग्न नेता–कार्यकर्ताहरुसित २४ घण्टाभित्र स्पष्टीकरण लिई तीन दिनभित्र कारबाही गर्न प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बस्नेत नेतृत्वको टोलीले शुुक्रबार बिहान पार्टीका केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेको थियो । उक्त घटना पार्टीको अनुशासनविपरीत रहेको निष्कर्ष निकाल्दै कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिइएको हो ।

“आजको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेर ल्याएको पत्रबमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर–१ का सभापति बालकृष्ण बस्नेत एवम् सो आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरुउपर २४ घण्टाभित्र स्पष्टीकरण सोधेर तीन दिनभित्र संगठनको अनुशासनको कारबाही गर्नका लागि पार्टी सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिनुभएको छ,” प्रवक्ता शर्माले भने ।

बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ । विधिसम्मत प्रक्रियालाई आत्मसात् गर्दै क्रियाशील सदस्यता छानबिन समितिले काम गरिरहेको र त्यसलाई सहयोग गर्न पनि पार्टीपंक्तिलाई आह्वान गरिएको प्रवक्ता शर्माले जानकारी दिए । बैठकले महाधिवेशनको क्रममा कुनै पनि खालको अराजक गतिविधि नगर्न पार्टीका नेता–कार्यकर्तालाई सचेत गराएको छ । आउँदो भदौ १६ देखि १९ गतेसम्म नेपाली कांग्रेसको १४औँ महाधिवेशन हुने तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय