साउन १, काठमाडौं ।

चीनले नेपाललाई कोरोना विरुद्धको थप १६ लाख मात्रा भेरोसेल खोप दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले कोरोना महामारीमा सहयोग स्वरुप नेपाललाई थप १६ लाख मात्रा खोप अनुदानमा दिन लागेको बताएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भेटमा नवनियुक्त प्रधानमन्त्री देउवालाई सफल कार्यकालको शुभकामना तथा बधाई दिँदै राजदूत यान्छीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझै सुमधर बनाउँदै लैजाने बताएकी छिन् ।

प्रधानमन्त्री देउवाले महामारीमा चीनले गरेको सहयोगप्रति धन्यवाद दिदैं यो खोपले नेपालमा संक्रमण नियन्त्रणका लागि ठुलो सहयोग पुग्ने बताएका छन् । यसअघि पनि चीनले १८ लाख डोज खोप सहयोग गरिसकेको छ ।

यो पनि पढ्नुहोस्,
काठमाडौंमा भेरोसेल खोप कार्यक्रम स्थगित

काठमाडौंमा असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप कार्यक्रम खोप सकिएपछि एकदिन अगाडि नै खोप लगाउने कार्यक्रम स्थगित गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले अर्को सूचना नभएसम्मका लागि भेरोसेलको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय