काठमाडौं- ४७ औं संस्करणको कोपा अमेरिका विजेता अर्जेन्टिना र १६ औं संस्करणको यूरो कप विजेता इटालीबीच ‘म्यारोडोना सुपर कप’नामक मैत्रीपूर्ण खेल हुने भएको छ ।

अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाको सम्झनामा इटाली र अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने भएको हो । मैत्रीपूर्ण खेलबारे औपचारिक घोषणा भने भएको छैन । तर, मैत्रीपूर्ण खेलका लागि यूईएफए र कोन्मेबोलबीच छलफल भईरहेको अर्जेन्टिनाका सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुई टिमबीचको खेल इटाली र अर्जेन्टिनामध्ये एक स्थानमा हुने बताईएको छ । इटालीले इङ्ल्याण्डलाई हराएर यूरो–२०२० को उपाधि जितेको थियो । वेम्बलीमा भएको फाइनलमा इटालीले इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।

ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको थियो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय