काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा पौडीकी गौरिका सिंहले बोक्ने भएकी छिन् । नेपाल ओलम्पिक कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको छ ।

गौरिकाले दोस्रो पटक ओलम्पिक खेल्न लागेकी हुन् । उनी २०१६ को रियो ओलम्पिकमा ओलम्पिककै सर्वाधिक कम उमेरको खेलाडी बनेकी थिइन् । नेपालमा आयोजना भएको १३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र ३ कांस्य जितेकी थिइन् ।

यस्तै नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेको ओलम्पिक कमिटिले जनाएको छ । टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियल गरि कुल २६ जनाको सहभागिता रहने ओलम्पिक कमिटीले जनाएको छ । जसमा पाँच खेलाडी र चार प्रशिक्षक छन् ।

यो पनि पढ्नुहोस्
को को जाने भए टोकियो ओलम्पिक ?
काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्सीय टिमले सहभागिता जनाउने भएका छन् । नेपाल ओलम्पिक कमिटिले मंगलबार पत्रकार सम्मेलन गर्दै टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि २६ सदस्सीय टिम सहभागी हुने जनाएको छ ।

टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी र ४ प्रशिक्षक सहभागी हुनेछन् । त्यसबाहेक अन्य पदाधिकारी रहेका छन् । टोकियो ओलम्पिकमा पौडीबाट गौरिका सिंह, एलेक्जेन्डर शाह (एलेक्स), एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् ।

ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिका सिंहले नेपालको झण्डा बोक्ने छिन् । यस्तै टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय