कविता -“जिन्दगी”                                        छन्द – स्रग्विणी
पल्लवी पालुवा प्रेरणा प्रेयसी।
घाम झैँ झुल्किने जग्मगे जिन्दगी ।।
चन्द्रको रोशनी दिव्य सौन्दर्यमा ।
पोखिदा जिवना नन्दिका नन्दमा ।।१

पौरखी हातले भाग्य नै फेरियो ।
व्यूँझियो चेतना ध्यान औ ज्ञानको ।।
प्राप्तिका लागि संघर्षमा बाँचियो ।
जिन्दगी त्यागको अर्थमा साँचियो ।।२

मानवी चेतना चेतले लम्किदा ।
कालको पाइला रोकियो नादमा ।।
ज्यूनुको आशले प्रातको चाहना ।
जिन्दगी घाम हो घामको बन्दना ।।३

छोड भो द्वैषता प्रेमको सादगी ।
रीस होईन है स्नेह हो जिन्दगी ।।
मित्रता माथिको स्नेहता खोज्दछ ।
प्रेमको पारखी प्रेम नै रोज्दछ ।।४

फूल झै जिन्दगी दिव्य आनन्द हो ।
चाख्दछन् ओठले पुष्प पीयूषको ।।
आत्म जो शान्त भो व्योमको भावना।
पाइयो जिन्दगी सिद्ध आराधना ।।५

मेटियो चाहना साथ सम्बन्धको ।
प्रेम चोखो सदा प्यार आनन्दको ।।
छैन आधा स्वयं सम्झना साथमा।
पूर्णताका नदी बग्दछन् आतमा ।।६

जिन्दगी जीवको भार होइन है ।
मग्नता भेटियो मस्तले रम्नुमै।।
फूल्नुमा भो मजा झर्नुमा के मजा ?
वासना पुष्पको तृप्त भो सर्बदा।।७

सुमित्रा सुमी
नुवाकोट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय