काठमाडौं– वरिष्ठ गायक दीप श्रेष्ठ गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन-३’ को सेटमा फर्किनु भएको छ । स्वास्थ्य अवस्था कमजोर भएपछि गायक श्रेष्ठ केही समय आराममा बस्नु भएको थियो । द भ्वाइस अफ नेपाल’ को मुख्य कोचको रहनु भएका गायक श्रेष्ठ आफ्नो स्वास्थ्य अवस्था सामान्य भएपछि कार्यक्रममा फर्किनु भएको हो ।

द भ्वाइस अफ नेपालका निर्माता तथा उद्घोषक सुशिल नेपालले गायक श्रेष्ठ पूर्ण रूपमा स्वस्थय भएर भएर सेटमा फर्किनु भएको जनाएका छन् । हिजो शुक्रवार रातिदेखि प्रारम्भ भएको भ्वाइसको लाइभ शोमा कोचको रुपमा गायक श्रेष्ठ सहभागि हुनु भएको छ । आज शनिबारको कार्यक्रममा पनि गायक श्रेष्ठलाई नै कोचको रूपमा देख्न पाइने छ ।

हिजो र आजका श्रृंखलाको छायांकन तीन दिन अघि नै भएको हो । गायक श्रैष्ठले केही साताअघि कोरोना संक्रमित भएपछि अक्सिजन लेबल कम भएपछि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो । दुई साताको अस्पताल बसाइपछि उहाँ घर फर्किएर आराम गरिरहनु भएको थियो । दीप श्रेष्ठ कार्यक्रममा उपस्थित हुन नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’ का रूपमा गायक राजेशपायल राई उपस्थित हुनुभएको थियो ।

यसैबीच, शुक्रवारदेखि नै ‘द भ्वाइस अफ नेपाल’ लाइभ राउण्डमा प्रवेश गरेको छ । जस अन्तर्गत उत्कृष्ट १२ जना प्रतिस्पर्धीले पालैपालो आफ्नो प्रस्तुति दिन थालेका छन् । कोरोनाको उच्च जोखिम भएकाले स्वास्थ्य मापदण्ड पूरा गरी लाइभ राउण्डका एपिसोडहरू दर्शक बिना नै छायांकन गरिएको कार्यक्रमको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय