हिले युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिताका खेल सेमिफाइनलमा पुगेका छन् । मंलगरबारदेखि युरोकपको सेमिफाइनल खेल हुँदै छ । सेमिफाइनलको पहिलो खेलमा स्पेन र इटाली भिड्दै छन् । बुधबारको खेल डेनमार्क र इङ्ल्याण्डबीच हुनेछ ।

कोपा अमेरिकाको सेमिफाइन खेलमा भने आज आयोजक ब्राजिल पेरुलाई हराउँदै फाइनल प्रवेश गरेको छ भने बुधबार फाइनल प्रवेशका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै छन् ।

सात समुन्द्रपारि भइरहेको फुटबल प्रतियोगिताको रौनक नेपालमा पनि उत्तिकै छ । नेपाली समयअनुसार राति हुने खेलमा नेपाली निद्रा नै बिगारेर आफूलाई मन पर्ने टिमलाई सपोर्ट गर्दै खेलको मज्जा लिइरहेका छन् ।

त्यति मात्रै नभएर युरोकप र कोपा अमेरिका कपबारे ठूलो मात्रामा सट्टेबाजीसमेत हुने गरेको तथ्य खुलेको छ । सोमबार प्रहरीले युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी गरेको अभियोगमा आठ जनालाई पक्राउ गरेपछि यसको तथ्य खुलेको हो ।

प्रहरीले सट्टेबाजी गरेको अभियोगमा काठमाडौं सुकेधाराका राजेन्द्र श्रेष्ठ प्रधान, जीवन लामा, पर्साका सुरज टिवडेवाला, भारत बिहारका अशेक कुमार गुप्ता, चितवनका गोविन्द्रप्रसाद आचार्य, भारत हरियाणाका राजेशकुमार अग्रवाल, भारत राजस्थानका सुचिन डालमिया अग्रवाल र मोरङका अमरनाम गुप्तालाई पक्राउ गरेको थियो ।

उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरको टोलीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले करिब १० लाख रुपैयाँ नगद र सट्टेबाजी खेल्न प्रयोग गरेका मोबाइल बरामद गरेको छ ।

यसरी हुन्छ सट्टेबाजी

प्रहरीका अनुसार युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी खेल्ने समूह ठूलो छ । कुनै देशमा सट्टेबाजी खेललाई कानुनी मान्यता दिए पनि नेपालमा यो प्रतिबन्धित छ ।

नेपालमा युरो र कोपा खेलको सट्टेबाजी गर्ने समूहले अनलाइनमार्फत नै खेल्ने गरेको खुलेको छ । यसमध्ये पनि धेरै ह्वाट्सअपको प्रयोग गरेर खेल्ने गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

‘सट्टेबाजी खेल्नेहरूले सामाजिक सञ्जालकै प्रयोग गरेको देखिन्छ । खासमा ह्वाट्सअप र भाइबरजस्ता माध्यम प्रयोग गरेका हुँदारहेछन् । उनीहरूको आईएमईसँग पनि कनेक्सन हुँदोरहेछ । त्यसैमार्फत पनि लेनदेन भएको खुलेको छ,’ एसएसपी खापुङले भने ।

अहिले कतिपयले सट्टेबाजीमा जितेको रकम दिएन भनेर पनि गुनासो गर्ने गरेको र कत्तिले पैसा खाए भनेर पनि गुनासो गर्ने गरेको उनले बताए । कतिपय नेपालीले त दुबईमा बसेरसमेत सट्टेबाजी गरिरहेकाे प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय