२० असार- काठमाडौं । गुगलले हालै गुगल प्ले स्टोरबाट ९ वटा एप हटाएको छ । ५८ लाखभन्दा बढी डाउनलोड भएका यी एपले फेसबुक प्रयोगकर्ताको लगइन डिटेल (युजर नेम र पासवर्ड) चोरी गरिरहेको पाइएपछि प्ले स्टाेरबाट हटाइएको हो ।

यी एपले सक्रिय प्रयोगकर्ताको कमजोरी पहिल्याउँदै उनीहरूको फेसबुकको जानकारी संकलन गरेकाे पाइएकाे थियाे । ती एप चलाउन पहिले फेसबुकबाट लगइन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरी प्रयाेगकर्ताकाे युजरनेम र पासवर्ड संकलन भएकाे रसियाली साइबर सुरक्षा अनुसन्धान संस्था डाक्टर वेबले बताएको जनाएकाे छ ।
साे संस्थाकाे रिपाेर्टअनुसार विशेषगरी यो समस्या एन्ड्रोइड डिभाइसमा देखिएको छ । लगत्तै गुगलले प्ले स्टोरबाट यी एपहरू हटाएको हो । यतिसम्म कि यी एपमार्फत प्रयोगकर्ताको फेसबुकको जानकारी लिएर फेसबुक अकाउन्ट ह्याक गर्नेसम्मको क्रियाकलाप भइरहेको डाक्टर वेबले उल्लेख गरेकाे छ ।

प्रयोगकर्ताको फेसबुक लगइन जानकारी संकलन गर्ने एप निम्न रहेका छन्ः
PIP Photo
Processing Photo
Rubbish Cleaner
Inwell Fitness
Horoscope Daily
App Lock Keep
Lockit Master
Horoscope Pi
App Lock Manager

यी एप गुगल प्ले स्टोरबाट हटाइए पनि प्रयोगकर्ताको डिभाइसमा सक्रिय नै रहनेछन् । यसकारण तत्काल एप अनइन्स्टल गर्न सुरक्षा जानकारले अनुराेध गरेका छन् ।

टेकपाना बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय