एजेन्सी – यूरो कप -२०२० को क्वाटरफाइनलमा पुग्ने ८ देशले शुक्रबारदेखि सेमिफाइनलमा पुग्न प्रतिष्पर्धा गर्दैछन् ।

क्वाटरफाइनलको खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

शुक्रबार पहिलो खेल स्वीटजरल्यान्डले स्पेनविरुद्ध खेल्नेछ ।

विश्वकप जितिसकेको फुटबलको महाशक्ति स्पेन युरोकपको मुख्य दाबेदार हो ।

तर, विश्वकप विजेता फ्रान्सलाई अन्तिम १६ मा पराजित गरेर स्वीटजरल्यान्ड उत्साहित छ ।

शारीरिक रुपमा बलिया खेलाडीले भरिएको स्वीटरजरल्यान्डसँग स्पेनलाई निकै कठिन पर्न सक्छ ।

स्पेनसँग मोराटा, टोरेज, गार्सिया जस्ता प्रभावशाली खेलाडी छन् तर, स्वीटजरल्यानडको टिमवर्क राम्रो छ ।

शुक्रबारको अर्को खेल बेज्यिमलविरुद्ध इटाली खेल्दैछ ।

यसलाई कतिपयले यूरो कपको फाइनल मानेका छन् ।

बेल्जियम फिफा वरियतामा पहिलो नम्बरमा छ ।

‘सुनौलो पुस्ता’ भनिने खेलाडी भएको बेल्जियम बलियो टोली हो ।

मिडफिल्डर डिब्रुनी, हाजार्ड दाजुभाई, कार्टुइस जस्तो गोलरक्षक, लुकाकु जस्ता स्ट्राइकरले बेल्जियम निकै बलियो छ ।

इटालीसँग इतिहास मात्र छैन, बलियो टोली पनि छ ।

उसका प्रशिक्षक मान्सिनी क्लब फुटबलमा ख्याती कमाइसकेका हुन् ।

चियलिनी जस्ता अनुभवी डिफेन्डर, जोर्गिनो जस्ता भरपर्दा मिडफिल्डर इटालीसँग छन् ।

शनिबार चेक रिपब्लिकविरुद्ध डेनमार्कको प्रतिष्पर्धा हुनेछ ।

जारी यूरो कपमा चेक रिपब्लिक निकै बलियो टोली हो ।

चेकका स्ट्राइकर सिकको गोल यो यूरो कपकै उत्कृष्ट बनेको छ ।

उनले ४ गोल गरिसकेका छन् ।

डेनमार्कविरुद्ध उनी ठूलो चुनौती बन्न सक्छन् ।

चेकले अन्तिम १६ मा नेदरल्यान्डलाई पराजित गरेको थियो ।

नेदरल्यान्ड जस्तो बलियो टोलीलाई पराजित गरेर चेकले युरोकपको दाबेदारी प्रस्तुत गरिसकेको छ ।

डेनमार्कले समूह चरणको खेलबाट नकआउट चरणमा प्रवेश गर्न निकै संघर्ष गरेको थियो ।

उसले अन्तिम १६ मा वेल्समाथि ४-० को जित हासिल गर्यो ।

डेनमार्कका भरपर्दा खेलाडी इरिकसन मुटुमा समस्या भई अस्पताल भर्ना छन् ।

तर, डेनमार्कले इरिकसनको अभाव भोग्दै यूरोकपमा उत्कृष्ट पुनरागमन गर्न थालेको छ ।

डेनमार्कले चेकलाई ठूलो चुनौती दिने अपेक्षा गरिएको छ ।

शनिबार नै क्वाटरफाइनलको खेल युक्रेनविरुद्ध इङ्ल्यान्डको छ ।

इङ्ल्यान्ड यूरोकपको दाबेदार राष्ट्र हो ।

युक्रेन समूह चरणमा निकै कठिनाईका साथ अन्तिम १६ मा पुगेको थियो ।

तर, क्वाटरफाइनलमा प्रवेश गर्न उसले स्वीडेनविरुद्ध जीत हासिल गरेको थियो ।

युक्रेनको खेल निकै सुधारिएको छ ।

युक्रेनका प्रशिक्षक आन्ड्री सेभचेन्कोसँग फुटबलको राम्रो अनुभव छ ।

जिन्चेन्को जस्ता मिडफिल्डर युक्रेनसँग छन् ।

फुटबलको महाशक्ति इङ्ल्यान्डसँग विश्व चर्चित खेलाडीहरु छन् ।

ह्यारी काने, फोडेन, स्टरलिङ, स्टोन्स जस्ता खेलाडीले इंग्ल्यान्डको राष्ट्रिय टोली भरिएको छ ।

टोलीले अन्तिम १६ मा फुटबलको अर्को महाशक्ति जर्मनीलाई पराजित गरेर देखाइसकेको छ ।

इङ्ल्यान्ड यसपटक यूरोकपको मुख्य दाबेदार बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय