काठमाडौं /नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि.ले ग्राहकहरुको माग अनुसार सेलपे सेवा वालेट मार्फत लिन सकिने बनाएको छ। नेपाल राष्ट्र बैंकबाट वालेट अनुमति प्राप्त गरेसँगै अब सेलपेका ग्राहकहरुले बैंक लिंक मार्फत वा वालेट लोड गरी कारोबार गर्न सक्ने भएका हुन ।

अब सेलपे सेवा बैंक खाताका साथै वालेटबाट पनि प्रयोग गर्न सकिने भएको छ । सेलपेले आफ्नो नयाँ यूआई पनि सार्वजनिक गरेको छ । जसमा ग्राहकहरुलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लागि विभिन्न फिचरहरु ल्याइएको कम्पनीले जनाएको छ ।
सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सकिनेछ । सेलपे सेवाले ग्राहकहरुका लागि “मेरो वालेट सेलपे वालेट” योजना समेत ल्याएको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले मोबाइल टपअप र टिभी महशुल भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, इण्टरनेटको महशुलमा १।५ प्रतिशत क्यासब्याक, ११ रुपैयाँमा नेपाल टेलकिमको अनलिमिटेड डेटा प्याक, २१ रुपैयाँमा एनसेलको एक दिने अनलिमिटेड डेटा प्याक प्राप्त गर्न सकिनेछ ।
वालेट लोड गर्दा लक्की ड्रमार्फत सामसङ एस २१ अल्ट्रा जित्ने मौका पनि पाउन सक्नुहुनेछ । यो योजना जेष्ठ १३ गते देखि असार १२ सम्म लागु हुने कम्पनीले जनाएको छ । सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिनेछ ।

सेलपेमार्फत विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इण्टरनेट आदिको महशुल भुक्तानी गर्न सकिन्छ । विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरको सुविधा पनि यसमा रहेको छ ।

पी टु पी (व्यक्तिले व्यक्तिलाई गर्ने भुक्तानी), पी टु बी (व्यक्तिले व्यावसायलाई गर्ने भुक्तानी), बी टु पी (व्यवसायले व्यक्तिलाई गर्ने भुक्तानी) र बी टु बी (एउटा व्यवसायले अर्को व्यवसायलाई गर्ने भुक्तानी) आदि रियल टाइम अर्थात वास्तविक समयमा गर्न सकिन्छ ।

यो सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुने बताइएको छ । सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे एप गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय