५ मुक्तकहरू…

१.

पुर्व ईलाम बाट,पश्चिम् बर्दियाबाट आउँछ।

बेहुला बनाउने प्रस्ताव,दुनियाबाट आउँछ।।

बेहुलिको पछ्यौरिले,त्यती न्यानो दिन्न होला,,

जति न्यानो आमाको,फरियाबाट आउँछ।।।

२.

जोगाउनै भयो मुस्किल एकैपटक आयो।

सपनाहरु हुने भो शिथिल एकैपटक आयो।।

एउटा कुखुरीले चल्ला कोरलेकै दिनमा

जमिनमा स्याल,आकाशमा चिल,एकैपटक आयो।।।

३. 

देखाए पनी बहादुरी लुक्ने गर्दछ।

क्षणभर हो चुरिफुरी लुक्ने गर्दछ।।

गर्धन छिनाल्न सक्ने,तागत भएपनी

दाप भित्र गई खुकुरी लुक्ने गर्दछ।।

४.

जितको संख्या भन्दा धेरै,हार बढेको छ।

जिन्दगी मा अझै अरु,अन्धकार बढेको छ।

जुन दिन मलाई छोडी,तिमि पराईकी बन्यौ

त्यहि दिन देखी भट्टिहरुको,ब्यापार बढेको छ।।।

५.

आबश्यक परेको,बखत माग्यो भने।

टिस्टा र काँगडाले,ईज्जत माग्यो भने।

मेरो शिर छेदन गरि,सिमानामा राख्नु

मेरो मातृभुमिले,रगत माग्यो भने।।।

माधव घिमिरे बेल्कोटगढी न पा १२ नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय