न्यूजलाइन रिर्पाेट/ फेसबुक र इन्स्टाग्राममा लाइक कम भएकाहरू खुसिको खबर छ । फेसबुकले इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई छिटो लाइक बटन लुकाउने विकल्प दिने भएको छ। फेसबुले दिने यो सुविधाले प्रयोगकर्ताले आफनो पोष्टमा हुने लाइक देखाउने वा नदेखाउने सुविधा प्रयोग गर्न पाउने छन ।

केहि समय अगाडी सार्वजनिक भएका केहि रिपोर्टहरूले इन्स्टाग्राममा उपभोक्ताले पाउने डिस लाइकका कारण उनीहरूमा मानसिक स्वास्थ्य समस्या बढ्दोक्रममा रहेको सार्वजनिक गरेका थिए । जसको कारण कम्पनीले लाइक बटन लुकाउने विकल्प अगाडी सारेको जनाएको छ ।

कम्पनीले यसको परीक्षण ईन्स्टग्रामबाट पहिले नै गरिसकेको छ । ईन्स्टग्राममा यसप्रति सकारात्मक प्रतिक्रिया पाएपछि कम्पनीले यो सुविधा चाँडै फेसबुक प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध गराउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय