काठमाडौँ/प्रतिनिधिसभा विघटनसम्बन्धी १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ । बिहीबारको प्रधानन्यायाधीशको एकल इजलासमा १९ रिट निवेदनको सुनुवाइ भएको थियो । प्रधानन्यायाधीशको एकल इजलासले उक्त आदेश दिएको हो ।

ुनियमित एकल इजलासमा प्रतिनिधिसभासम्बन्धी रिटको सुनुवाइपछि सबै निवेदन संवैधानिक इजलासमा सुनुवाइ हुने आदेश भएको सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार प्रतिनिधिसभा विघटनसम्बन्धी परेका सबै रिट माथि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

विपक्षी दलहरूसहितको गठबन्धनले पनि १४६ सांसदको हस्ताक्षरसहित संसद् पुनस्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग राखी निवेदन दर्ता गराएको छ । उक्त निवेदनको शुक्रबार मात्र सुनुवाइ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय