– प्रेम स्याङ्तान

जसको जोत उसको पोत कार्यन्वयन गराउन ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने किसान नेता भिमदत्त पन्तद्वारा शुरु गरिएको अभियानलाई पूर्णता दिनु पर्छ ।

नेपाल धान आयत गर्ने कृषिप्रधान देश हो । यहाँका करीब दुई तिहाई जनसंख्या कृषि पेशामा आबद्ध छन् तर कुल ग्राहस्थ उत्पादनमा भने कृषिको योगदान एक चौथाई जति मात्र छ, त्यो पनि बर्सेनि घट्दो छ ।

लाखौं हेक्टर जमीन खाली छ, खेती गर्ने जनशक्ति अभाव छ । तर, ठूलो संख्यामा कामको खोजीमा युवाहरु विदेशिएका छन् । करिब ७ प्रतिशत किसानसँग आफ्नो भूमि छैन । कतिपय किसानहरु न्यून ज्यालामै जमिन्दारकोमा काम गर्न बाध्य छन् ।

रेमिट्यान्सले धानेको नेपालले भारतबाट प्रत्येक वर्ष अरबौं रुपैयाँको खाद्यन्न र कृषिजन्य सामाग्री आयत गर्दछ । सन् १९८० को दशकसम्म नेपाल खाद्यन्न निर्यात गर्ने देश थियो । हाल ३४ जिल्ला खाद्यन्नको असुरक्षा रहेको छ ।

सरकार हरेक वर्ष कृषिमा आत्मनिरभर्ताको नारा अघि सार्छ । बजेट भाषणमा कृषिमा व्यवसायिकीकरण, यान्त्रिकरण र आधुनिकीकरणजस्ता कुराहरु समेटिन्छन् तर उपल्पब्धि लगभग शून्य छ । कृषिमा क्रान्तिका कुरा सुनिन्छन् तर देखिएको छैन ।

के हो त कृषि क्रान्ति ?
कुनै क्षेत्रमा हुने आमूल परिवर्तनलाई क्रान्ति भनिन्छ । कृषि क्षेत्रमा हुने आमूल परिवर्तनले कृषि क्रान्तिलाई जनाउँदछ ।

मरुभूमिको देश भनिएको ईजरायलले कृषि क्रान्ति गरेर कृषिजन्य उपज युरोप निर्यात गर्न सक्छ भने जैविक विविधता र जलस्रोतको धनी देश नेपालले कृषिमा क्रान्ति गर्न किन सक्दैन रु क्रान्ति हुबहु नक्कल गरेर हुँदैन आफ्नो स्रोतसाधनको पहिचान र माटो तथा हावापानी सुहाउँदो प्रविधिको विकास गरेर हुने हो ।

कृषि क्रान्ति भनेको निर्वाहमुखि कृषि प्रणालीलाई नाफामुखि बनाउनु हो । आयात गर्ने देशलाई निर्यात गर्ने देश बनाउनु हो । नेपालको सन्दर्भमा कृषि राष्ट्रिय पूँजी निर्माणको मरुदण्ड हो । कृषि औद्यौगिक क्रान्तिको आधारशिला हो । त्यसैले नेपालको समृद्धिका लागि कृषिमा क्रान्ति अपरिहार्य छ ।

कृषि क्रान्ति कसरी गर्ने ?
कृषि क्रान्तिको कुरा गर्दा आम किसानलाई आधार बनाउन जरुरी छ । आम किसानहरु एकदमै साना पूँजी भएका किसानहरु हुन् । हाम्रो देशको व्यापारघाटा उच्च भएकोले स्थानिय स्रोत र स्वदेशी प्रविधिलाई बढि जोड गर्नु पर्दछ ।

नेपालको हावापानी र जैविक विविधताको दृषिटकोणले रासायनिकभन्दा पनि जैविक खेतीलाई बढावा दिन जरुरी छ । आजको आवश्यकता सघन एकीकृत प्रणालीमा आधारित अर्गानिक खेतीलाई बजारमुखि र निर्यातमुखि बनाउनु हो ।

१. प्रभावकारी भू-उपयोग
कृषि जमिनसँग जोडिएको कर्म हो । नेपालको करिब २८ प्रतिशत भू(भाग खेतीयोग्य छ । जमिनलाई तन्काएर बढाउन मिल्दैन तसर्थ जमिनको उचित उपयोगबिना कृषि क्षेत्रको रुपान्तरण गर्न सकिन्न ।

नेपालमा वि.सं. २००८ सालमा भूमिसुधारको घोषणा भएको थियो । घोषणको ७० वर्षमा पनि किन हुन सकेन भूमिसुधार रु भूमिसुधार भोट बटुल्ने र कार्यकर्ता पोस्ने सजिलो माध्यम हुन पुग्यो ।

सरकारले क्रान्तिकारी कदम अविलम्ब चाल्नु पर्दछ ।जसको जोत उसको पोत कार्यन्वयन गराउन ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने किसान नेता भिमदत्त पन्तद्वारा शुरु गरिएको अभियानलाई पूर्णता दिनु पर्छ ।

जग्गाको अव्यवस्थित प्लटिङ, अन्नको भण्डार तराईमा वास्तविक किसानसँग जमिन नहुनु, बाढिपहिरोले बर्सेनि गर्ने बर्बादी, भूमाफियाको मनपरी, व्यापारघाटा कम गर्न चुरेको बली यी उदाहरणहरु हुन् जसले देशमा भू(उपयोग नीतिको अभावलाई प्रष्ट पार्छ । प्रभावकारी भू-उपयोग नीति बनाएर निम्न कार्य गरिनु पर्दछ ।

  • भू-माफियाबाट भूमिलाई अलग गर्नु पर्छ, जथाभावी प्लटिङ कार्य बन्द गर्नुपर्छ ।
  • जमिनको चक्लाबन्दी गर्ने ।
  • बाढिपहिरो नियन्त्रण गर्ने संरचना निर्माण गरि भूमिलाई आवास, कृषि र औद्योगिक क्षेत्र भनि वर्गिकृत गर्ने ।
  • भूमिमाथिको असमान स्वामित्वलाई सरकारले हस्तक्षेप गरि भूमिको पुनःवितरण गर्ने ।
  • करिब २५ प्रतिशत खेती योगय जमिन बाँझो छ । जोश भएका युवालाई कृषि कर्मका लागि सरकारले जमिन लिजमा उपलब्ध गराउने व्यवस्था गर्न सक्छ ।

२.कृषि पूर्वाधारको विकास
सडक, विद्युत् , संचार र बजारजस्ता न्युनतम् पूर्वाधार नहुनुले देशको कृषि व्यवसायिकभन्दा पनि निर्वाहमुखि भएको छ । स्थानिय स्तरमै कृषि क्रान्तिका लागि आवश्यक पूर्वाधार बनाउनु पर्दछ ।

हरेक गाउँपालिकामा तरकारी फलफूल तथा दूध संकलन केन्द्र, कोल्ड स्टोर, कृषि सूचना तथा प्रविधि केन्द्र, कृषिजन्य उत्पादन प्रशोधन केन्द्र, बीउ बैंक बनेमा किसानहरु ढुक्कले उत्पादन कार्यमा केन्द्रित हुने थिए ।

स्थानिय सरकार न्युनतम् समर्थन मूल्य तोकेर किसान र बजारबीच सेतु बन्नु पर्छ । देश मल कारखान बनाएर सरकारले मलका साथै विउको ग्यारेन्टी गर्नु पर्छ । सरकारले कृषिमा आधारित उद्योगमा लगानी गर्नु पर्छ र नीजि लगानीकर्तालाई पनि आकर्षित गर्ने नीति बनाउनु पर्छ ।

मानिसहरु टाढाका कुरा सुनेर भन्दा नजिकैको कुरा देखेर बढि प्रभावित हुन्छ । त्यसैले आम साना किसानलाई ध्यानमा राखी पालिकास्तरमा नमूना कृषि फर्म बनाई सिक्ने थलोको रुपमा कृषक पाठशाला संचलान गर्न सकिन्छ ।

३.माटो सुहाउदो कृषि प्रणाली
नेपाल जैविक विविधताले भरिएको देश हो । हिमालको अत्यधिक चिसो टुन्ड्रादेखि तराईको उष्ण हावापानी नेपालमा पाईन्छ । टोपोग्राफीमा पनि विविधता देखिन्छ ।

विश्वमा जलस्रोतको दोस्रो धनी देशनै हो नेपाल । सबैभन्दा बढि वर्षा पोखरामा ३३४५ मि.मि. र सबैभन्दा कम वर्षा मुस्ताङमा ३०० मि.मि. हुने गर्छ । २९ प्रतिशत जमिन वनजङ्लले ढाकिएको छ । नेपालको आफ्नै विशेषता छ संसारको अन्य देश सँग मिल्दैन । अरु देशको सफल कृषि क्रान्तिबाट सिक्नु पर्दछ, हुबहु नक्कल गर्नु हुँदैन ।

हाईड्रोपोनिक्स, अक्वापोनिक्स, एरोपोनिक्स, भर्टिकल फार्मिङ, अटोमईजेसन र आर्टिफिसियल ईन्टेलिजेन्स जस्ता हाईटेक प्रविधिको विकास भए पनि आम किसानका लागि यी प्रविधि उचित देखिदैन । त्यसैले वर्तमान नेपालका लागि उचित प्रणाली र प्रविधिको चयन हुनु जरुरी छ ।

तराईमा अन्न, पहाडमा फलफूल र हिमालमा पशुपालन पहिलेदेखि सुन्दै आएको कुरा हो । अब यो कुराबाट हामी माथी उठ्न जरुरी छ । कृषिका लागि समतल जमिन नै चाहिन्छ भन्ने भ्रमबाट मुक्त हुनु जरुरी छ । पहाडी भूभागको भिरालोपनको सौन्दर्यलाई कायम राखेर गरा(कान्ला(डिलको अधिकतम् प्रयोग हुने र भूक्षय नियन्त्रण गर्ने कृषि प्रणाली अपनाउनु पर्दछ ।

नेपालमा एकल बालीभन्दा बहुबालीमा आधारित स्थानिय स्रोतको समुचित प्रयोग गरिने कृषि प्रणाली लाभकारी सिद्ध हुनेछ । एकैपटक ठूलो रुख हुने, सानो रुख हुने, लहरा जाने, जरेबाली, पोथ्रापोथ्री हुने, जमिन ढाक्ने हुनेजस्ता विविध बाली ५ देखि ९ वटा बहुतह भएको कृषि प्रणाली अबलम्बन गर्न सके आम्दानीको बहुस्रोत स्थापित भई पर्याप्त आम्दानी लिन सकिन्छ ।

स्थान अनुसार बहुतह कृषि प्रणालीको विकास गर्नु पर्ने देखिन्छ । खेर जाने रेसिड्यु प्रारोडक्टको अधिकत प्रयोग हेतु एकीकृत कृषि प्रणाली नै नेपालको लागि सबैभन्दा उत्तम विकल्प हो ।

सरकारले एग्रो टुरिज्मको प्रवर्धन गर्ने नीति ल्याए किसानहरुले अतिरिक्त आम्दानी लिन सक्ने छन् । विश्वका सबै किसिमका बाली हुने भएकाले नेपाललाई कृषिजन्य उत्पादनमा सजिलै आत्म निर्भर बनाउन सकिन्छ ।

४. स्थानिय स्रोतको प्रयोग र स्वदेशी प्रविधिकको विकास

व्यापारघाटा न्यून गर्न, देशलाई आत्मनिर्भर बनाउन र किसानलाई धनी बनाउन स्थानीय स्रोतमा अधारित कृषि प्रविधिको विकास गर्नु आवश्यक छ । अचेल ईजराइली खेती प्रणालीबाट हामी प्रभावित छौं ।

आधुनिक तरिकाले बेर्ना उत्पादन गर्न चाहिने नर्सरी ट्रे र कोकोपिट विदेशबाट आयत गर्न थालिएको छ । घरगोठमा सजिलै उपलबध हुने गोबर र रुखका ठूला पातबाट हामी सजिलै नर्सरी पोट बनाउन सक्छौं । गोजी रित्याउन जरुरी छैन । गाउँघरमा प्रशस्त पाईने लेउ र झ्याउबाट नर्सरी मिडिया बनाउन सकिन्छ ।

महावीर पुनद्वार संचालित राष्ट्रिय आविष्कार केन्द्रले सजिलै स्वदेशी प्रविधि खोज र निर्माण गर्न सक्छ । स्थानीय स्रोतको प्रयोग गर्न स्वदेशी प्रविधिको विकास गर्न प्रदेशस्तरमा एउटा कृषि प्रविधि विकास गर्ने संरचना आवश्यक देखिन्छ । हरेक किसान आफैंमा एउटा अन्वेषक हो । किसानले विकास गरेका नयाँ प्रविधिको प्रवर्धन गर्न स्थानिय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।

कृषिमा यान्त्रिकरणका कुरा सुनिन्छ, सरकारले अनुदान दिएको पनि देखिन्छ । पहाडमा ट्याकटर चल्दैन । पहाडमा बीउ रोप्ने, मल हाल्ने, गोड्ने साना हाते यन्त्रको प्रयोग सफल हुन सक्छ । सरकारले भूबनोट अनुसार आम किसानको बजेटभित्र अट्ने आवश्यक यन्त्रको अनुसन्धान रविकास गर्न अनुदान दिन सक्छ ।

भनिन्छ( सफल किसानको एउटा आँखा बारीमा र अर्को आँखा बजारमा हुन्छ । आम किसानहरु उत्पादन त गर्छन्, बेच्न जान्दैनन् ।

५. मलखाद र रोगकिराको व्यवस्थापन
बाली सप्रिने मलखादले हो । प्राङगारिक मल सबैभन्दा राम्रो विकल्प हो । रासायनिक मलखाद समयमा उपलब्ध नहुनुले किसानले घाटा बेहोर्नु परेको छ । रासायनिक मल स्वास्थय र पर्यावरणमा प्रतिकुल असर पार्छ र किसानको गोजी पनि रित्याउँछ ।

गोठसुधार गरेर गाईभैसीको मुत्र संकलन गर्ने हो भने युरिया किन्नै पर्दैन । घामपानीबाट जोगाउने छानोको व्यवस्था गर्ने हो भने गोठेमलको गुणस्तर बढाउन सकिन्छ । झोलमल, बोकासी मल र जीवातु९ई।एम।०को प्रयोग गर्ने हो भने रासायनिक मल आयात गरिरहनु पर्दैन । रोगकिरा व्यवस्थापन गर्ने आईपिएम विधिले खर्च जोगाउँछ । आईपिएम विधिबारे विस्तृत अनुसन्धान हुन जरुरी छ ।

६. मार्केटिङ र वित्तिय ज्ञान

भनिन्छ( सफल किसानको एउटा आँखा बारीमा र अर्को आँखा बजारमा हुन्छ । आम किसानहरु उत्पादन त गर्छन्, बेच्न जान्दैनन् । गोलभेडा खेतमा कुहिएको, दुध सडकमा पोखेको, भुक्तानीका लागि उखु किसान राजधानीमा आन्दोलन गर्नु परेको समाचार सुन्दै आएका छौं ।

कृषिप्रधान देशमा किसान पिडित छन्, किनरु विचौलियाले गर्दा किसानहरु खेती गर्न छाड्ने अवस्था सिर्जना हुँदै गएको छ । विचौलियालाई सहकारीद्वारा विस्थापित गर्न सकिन्छ । बारी र बजार जोड्ने किसान र उपभोक्तालाई राहत दिने उपयुक्त संरचना बनाउन सरकारले हस्तक्षेपकारी भूमिका खेल्न सक्छ ।

सरकारले स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्न भूमिका खेल्न जरुरी छ । होईन भने मुस्ताङको स्याउले बजार नपाउने उत्तर र दक्षिणी छिमेकका स्याउले बजार कब्जा गर्ने समस्या अझै यथावत रहनेछ ।बजारको मागलाई ध्यानमा राखी बेमौमी तरकारी खेती गरेर राम्रो आयआर्जन गर्न सकिन्छ ।

छोटो दुरीमा नेपालको हावापानीमा पाईने विविधतालाई प्रयोग गर्न सकिन्छ ।बजारमुखी बेमौसमी खेतीको ज्ञान किसानलाई दिन जरुरी छ । कोभिड १९ पछि डिजिटल मार्केटिङको महत्व बढ्दै गएको छ ।

किसानलाई डिजिटल मार्केटिङको ज्ञान दिन सके किसानलाई यसले सिधै उपभोक्ता सँग जोड्न सक्छ । आम किसानलाई विमाको लाभ उठाउन सक्ने बनाउनु आवभश्यक छ । किसानलाई वित्तिय प्रणालीमा जोड्नु पर्छ ।

८. कृषिमा अवसरै अवसर
८० प्रतिशत फलफूल, ५० प्रतिशत दाल, ५६ प्रतिशत भन्दा बढि तेल आयात गरेर आपूर्ति गरिन्छ नेपालमा । समस्यालाई अवसरमा रुपान्तरण गर्न सकिन्छ । कृषि प्रचुर संभावना भएको क्षेत्र पनि हो । सानो पूँजी हुने किसानका लागि कृषि वरदान हुन सक्छ ।
कृषि उपज देशभित्रै खपत हुने संभावना छँदैछ । प्राङ्गारिक कृषिमा जोडदिने हो भने कफि, चिया, मसला, फलफूल र तरकारी विदेश निर्यात गर्न सकिन्छ ।
शहरमा जमेर बसेको पूँजी गाउँतिर भित्र्याउने वातावरण बनउन सके कृषि क्षेत्रले फड्को मार्नेछ । जनशक्ति अभावले ग्रस्त कृषि श्रमको निर्यात रोक्ने आकर्षक क्षेत्र हुन सक्छ । त्यसका लागि नेपालको कृषिलाई आधारभूत तहमै रिडिजाइन गर्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय